डिलाशैनी गाँउपालिका अध्यक्षको लागि स्वतन्त्र उम्मेदवार बनेका सन्तोष प्रकास जोशीले स्वतन्त्रबाट चुनाव जिते पछि आफ्नो पहिलो चुनावी प्रतिबद्धता पुरा गरेका छन ।

जोशीले डिलाशैनी गाउँपालिकाको अस्थाई पालिका केन्द्र बन्द गर्ने निर्णय गरिएका  छन । पंसेरामा  ५ बर्ष देखि संचालनमा रहेको अस्थाई केन्द्र सोमबार देखि बन्द गर्ने निर्णय गरेको छ ।

डिलाशैनी गाउँपालीकाका नवनिर्बाचित जनप्रतिनिधिले पालिकाका सबै काम डिलाशैनी गाउँपालिकाको वडा नम्बर ७ धामीगाउँबाट गर्ने निर्णय गरेका छन ।

सोमवार देखि गाउँपालिकाका सबैकाम धामीगाउँबाट  सञ्चालन हुने भएको  गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए ।

उन्ले भने पंसेरामा सञ्चालनमा रहेको गाँउपालिकाको अस्थाई केन्द्र आज बाट बन्द गरेका छौ । अस्थाई केन्द्र‌सञ्चालनमा रहेको भवन महादेव माध्यमिक बिद्यालयलाई हस्तान्तरण गरेर सो  बिधालयलाई नमुना बिधालय बनाउने गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशी  बताए ।

प्रतिक्रिया दिनुस