काठमाडौँ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय टेकु अगाडि सोमबार अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको हो ।


पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता क्रान्तिकारीले माग गरेको छ ।

निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ मूल्यवृद्धि गरेको थियो भने
खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २०० बढाएको छ ।

प्रतिक्रिया दिनुस