कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका पोतिलाल चौधरी पदभार ग्रहण गर्दै नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।

पदभार ग्रहण पछि नगर प्रमुख चौधरीले बेलौरीका सबै सुत्केरी महिलालाई अस्पताल पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन । सुत्केरी महिलाको घरदेखि बेलौरी नगरपालिका अन्र्तरगत रहेका स्वास्थ्य सेवा केन्द्र सहित सेती महाकाली प्रादेशिक अस्पताल पु¥याउन निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेका छन ।

यो निर्णय संगै बेलौरीका विपन्न समुदाय लाभान्वित हुने छन । बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले नगरको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

स्थानीयले समेत पोतिलाल चौधरीले नगरको विकासका लागि पहिलो कार्यकालमा राम्रो काम गरेकाले दोस्रो कार्यकालपनि उनैलाई जनताले मौका दिएको बताएका छन ।

प्रतिक्रिया दिनुस