कञ्चनपुर । नेकपा माओवादी केन्द्रबाट कञ्चनुरको शुक्लाफाँटा नगर प्रमुखका प्रत्यासी नवराज ऐरले मतदान गर्ने सम्पूर्ण नगरबासीमा आभार प्रकट गरेका छन । सोमबार ऐरले एक स्टेटमेन्ट जारी गर्दै नगरका मतदाताहरुमा अभार प्रकट गरेका छन । नेकपा माओवादी केन्द्र र एकीकृकत समाजवादीका तर्फबाट मेयरका उमेदवार ऐरले मतदातमा प्रकट गरेको अभाव तथा धन्यवाद जस्तोको तेस्तै ।

आदरणीय शुक्लाफाटा नगरबासी आमाबुवा , दाजुभाई , दिदिबहिनीहरु नमस्कार १

स्थानीय निर्वाचन २०७९ मेयर पदको प्रतिस्पर्धीको रुपमा चुनावि मैदानमा तपाईहरुसंगै थिए १ प्रत्यक्ष रुपमा जनताको सेवक रहि सेवा गर्ने मृगतृष्णा पुरा नभएपनि सुर्यझै दिउँसो चम्किने गरि र राति नदेखिने गरि जनतासंगको सेवामूलक काममा लगातार कटिबद्ध भइ लम्किरहने प्रतिबद्धता जाहेर गर्दछु । सुन्दर र समृद्ध शुक्लाफाटा निर्माण हामि सबैको अभिभारा हो भन्नेकुरा हृदयङ्ज्ञम हुनेनैछ ।

निर्वाचनमा हारजित स्वभाबिक र प्रकृतिपद्द नियम हो १ निर्वाचनको दौरानमा बिभिन्न महानुभावहरुबाट प्रकट भएका स्नेहहरु मेरो जिबनको अमुल्य रत्न हुन् जो अजम्बरी रहेनछन् १ कयौ जनसमुदाय संग निर्वाचनकै दौरानमा केहि बिकासनिर्माणका कमिटमेन्टहरु गरेको छु १ ति कमिटमेन्टहरु म पराजय भए पनि पुरा गर्ने कोशिस गर्नेनैछु १ कुल खसेको २२४२७ मत मध्ये ५२२५ मतदाताहरुले मेरो पक्षमा प्रत्यक्ष मतदान गरेका छन् । मतदाता शिक्षाको अभाबका कारण २९८९ मतहरु बदरहुदा ६०५ मत गठबन्धन मेयरका मतहरु बदर हुन पुगेका छन् । मलाई मतदान गर्नुहुने र मतदान गर्ने इच्छा हुदाहुदै पनि बिबिध परिबन्धका कारणले मतदान गर्न नसक्नुहुने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद र नमन व्यक्त गर्दछु । मलाई मतदान गरेर , मेरो पराजय पछि निरासा व्यक्त गरिराख्नुहुने महानुभाबहरुको भावनाकको कदर गर्दै रचनात्मक प्रतिपक्षको भुमिकामा म सदैव तपाइहरुकै साथमा रहने प्रतिबद्धता समेत जानकारी गराउदछु ।

जिबन सिकाइको बिश्वबिद्धालय हो जो अनुभबका रुपमा सदैब बिकास भइरहनेछ १ यो चुनावि दौरानको बिचमा प्रत्यक्ष , परोक्ष्य रुपमा खट्नुहुने आदरणीय नेताकार्यकर्ता गणहरु , साथीभाई , इष्टमित्र लगायत सम्पुर्ण महानुभावहरुलाई हृदय देखि सलाम व्यक्त गर्दछु ।

निर्वाचित मेयर रण ब महरा , उपमेयर कल्पना पन्त लगायत सम्पुर्ण अध्यक्ष र सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुस