कञ्चनपुर । पाँच बर्ष अघि १० साउन ०७५ कञ्चनपुर उल्टाखामकी १३ बर्षिया नाबालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । निर्मला पन्तको बलात्कारी हत्यारा पत्ता नलात्दै फेरी उल्टाखामकी एक नाबालिकामाथि जघन्य अपराध घटेको छ ।
१० जेठ ०७९ दिउँसो ११–१२ बजेतिर उल्टाखामकी ११ बर्षिया एक बालिकामाथि बलात्कार भएको छ । ११ बर्षिया बालिकाको बलात्कार पनि छिमेकीबाट भएको पाईएको छ । बलात्कार गरेर उन्मुक्ति पाउन युवकले आत्महत्या गरेको बालिका पक्षले बताएका छन ।
मंगलबार मिलन टोलका ३३ बर्षिया दिनेश मालीले घरमै झुण्डिएर आत्महत्या गरेका छन । बलात्कारको शिकार बनेकी नाबालिकाका आफन्त अनिता बडायतले बालिकाको बलात्कारपछि जेल परीने डरले दिनेशले आत्महत्या गरेको बताईन ।
‘११ बर्षिया बालिका र उनकी ९ बर्षिया बहिनी घरबाट पसलतिर समान खरिद गर्न हिडेका थिए, ‘उनले भनिन, ‘दिनेशकै पसल नजिक पुगेका ती दुवै बालिकालाई दिनेशले बोलाएर घर लगे ।’ कान्छी बहिनीलार्इू मदिरा ल्याउन पठाए, जेठीलाई कोठातिर लगेर बलात्कार गरे, उनको यौनीमा रगत बगेको बताउदै उनले दिनेशको बिस्तारामा रगत थियो ।
अर्को पसलमा मदिरा गएकी बहिनी फर्किदासम्म ति युवकलाई अंकल दिदि खै भन्दा घर गईसकिभन्यो, त्यतिबेला कोठाभित्र रहेकी ११ बर्षिया बालिकाले आफ्नी बहिनीको आवाज सुनिन, रुदैथिईन । त्यतिबेला पनि ति युवकले बालिकालाई तानेर भित्र लग्दै थिए । ‘बालिका बोल्न नसक्ने अवस्थामा थिईन, ‘हामीले घरका मान्छे लगेर हतार हतारमा अस्पताल लग्यौँ ।’ बालिकाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।
बालिका रगतले लतपत्तिएकी थिईन, हाम्रो आशंका ति युवकले बलात्कार गरेर आत्महत्या गरेको बडायकले बताईन । ‘हामीले बालिकालाई सोध्दा अंकलले हान्यो भन्दै मलाई बचाउनुहोस भनिरहेकी थिईन, ‘उनले भनिन, ‘यौनीबाट रगत बगिरहेको थियो के यो बलात्कार होईन र ।’ पीडित बालिका पक्षले घटना जे जस्तो भएपनि बालिकामाथि यौन शोषण भएकाले दोषिले आत्महत्या ग¥यो भन्दै छुट पाईन्छ भन्ने होईन नाबालिकाको भविष्यमाथि गरिएको खेलवाडको दण्ड हुनुपर्छ ।
मालीको शव महाकाली अस्पतालमा राखिएको छ । भने घाईते बालिकाको उपचार भईरहेको छ । मालिकको जमिन अधिया बनाएर गुजारा चलाउँदै आएका विपन्न परिवारका सन्तान छोरीमाथि हुनेखाने मदिराका पारखीले दिउँसै बलात्कार गरेर अपराध गरेको स्थानीयको भनाई छ ।
कञ्चनपुर प्रहरीले बालिकामाथि बलात्कार नभई बलात्कार गर्न खोजिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले आत्महत्या गर्ने व्यक्तिले ति बालिकालाई बलात्कार गर्न खोजेको बताए । ‘बालिकामाथि बलात्कार गर्न खोजिएको रहेछ, त्यसका लागि घाँटी, टाउको च्यापेको पाईयो, ‘प्रवक्ता शाहले भने, ‘प्रथम स्टेजमै होहल्ला भएर छिमेकी सहितबाट उद्दार भयो ।’ घटना बारे थप अनुसन्धान भईरहेको प्रवक्ता शाहले बताए ।
बालिकाको बलात्कार भए नभएको बारे मेडिकल रिर्पोट आउँन बाँकी छ । अधिकारकर्मीले देशभरी बलात्कार, हत्याका घटना बढिरहेका बेला उल्टाखाममा समेत छिमेकीले बालिकामाथि बलात्कार गरेकाले नै बालिका घाईते विच्छिप्त अवस्थामा रहेको भन्दै घटनाको सत्यतथ्य छानबिनको माग अघि सारेका छन । अधिकारकर्मी माया नेगीले घटना बारे बालिका परिवार, छरछिमेकी आफन्तसंग सोधपुछ घटना जघन्य प्रकृतिको भएकाले घटनाबारे गहन अनुसन्धान गर्नुपर्नेमा जोडदिईन । ‘यो बालिका माथि भएको घटना समान्य होईन, ‘बालिकासंग बलात्कार गर्दा होहल्ला भएर सबैले थाहा पाएपछि मुद्दा लाग्ने डरले आत्महत्या गरिएको देखियो, ‘उनले भनिन, ‘दोषि पक्षको मृत्यु भयो भन्दैनमा पीडित बालिकाको न्याय मर्न दिनु हुँदैन ।’ स्थानीय अगुवा महिला आनन्दी भट्टले नाबालिका छोरीलाई मदिरा मगाएर मस्ती दिने कार्य नै गैर कानुनी भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । उल्टाखामको यो घटनाले बलात्कार, यौनहिन्सा जस्ता अपराधका घटना नजिकका मान्छेबाटै भईरहेको पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुस