कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर मावि साधारण (विद्यालय)मा यस शैक्षिकसत्र ०७९मा पनि विद्यार्थीको चाप बढेको छ । सामुदायिक विद्यालय मध्ये जिल्लाकै अब्बल गुणस्तरिय शिक्षा दिने विद्यालयमा यस बर्ष पनि विद्यार्थीको चाप बढेको हो । भर्नाका लागि यस बर्ष मात्रै ३ सय ४५ विद्यार्थीले मंगलबार प्रवेस परिक्षा दिएका छन ।

विद्यालयका प्रध्यानाध्यापक ललित सिह साउदले नियमितसंगै थप विद्यार्थी भर्नाका लागि प्रवेस परीक्षा लिएको बताए । ‘हामीले विद्यालयमा विद्यार्थीको अत्यधिक चाप बढेसंगै सीमित विद्यार्थी छनौटका लागि प्रवेस परीक्षा लिएका छौँ, ‘प्रअ साउदले भने, ‘कक्षा १देखि ९सम्म नयाँ भर्नाका लागि विद्यार्थीको ह्वात्तै चाप बढेको छ ।’

विद्यालयले यसै बर्षदेखि निजी स्रोतबाटै गरिब, विपन्न, अपाङ्ग, जेहेन्दार, द्वन्द्वपीडित, आन्दोलनमा घाईतेका सन्तानलाई पूर्ण तथा आनशिक शुल्कमा छुट गरी छात्रबृति प्रदान गरिएको समेत प्रअ साउदले बताए । ३ सय २५ विद्यार्थीले निजी स्रोतबाट छात्रबृति पाएका छन ।

‘केन्द्रबाट लक्षित वर्गका विद्यार्थीलाई आउने छुट्टै छात्रबृति वितरण हुन्छ, ‘उनले भने, ‘हामीले निजी स्रोतबाट समेत वितरण गरेका छौँ ।’ ०२१मा सोही विद्यालयबाट अध्ययनरत दुई विद्यार्थीले माहात्मागान्धी छात्रवृति समेत पाएका छन । अग्रेजी तथा नेपाली दुवै माध्यमबाट पठन पाठन हुने भएपछि उक्त विद्यालयमा बर्षनी विद्यार्थीको चाप बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुस