कैलाली भाद्र ८, नेकपा (क्रान्तिकारी माओवादीका )महासचिव मोहन बैद्य किरणले थारु समुदायको पहिचान गम्भीर संकटमा परेको बताएका छन् हिजो कैलालीको टिकापुरमा थारू हटहरुको राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कैलाली पुगेका क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले आज धनगडीमा आयोजित नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सभा हलमा पत्रकार भेटघाट कार्यक्रममा सुदूरपश्चिम प्रदेश र मधेशबादी पक्षधरबीचको चेपुवामा पर्दा थारुहरुको पहिचान नै गम्भीर संकटमा परेको बताउनुभयो अव उत्पिडित वर्गको पहिचान जोगाउनका लागि सम्पूर्ण थारु मुस्लिम महिला मधेसकि हरुको संयुक्त वर्गीय आन्दोलनको आवश्यकता परेको औंल्याए , नाम कम्युनिष्ट राखेर कम्युनिष्ट हुदैन भन्दै डवल नेकपा लाई संकेत गरे कम्युनिष्ट सरकार भन्नेहरुले दुई तिहाई को दम्भ देखाएर मुलुक लाई मुठभेड़ गर्ने खोजेको आरोप लगाउनु भयो ।जुन रुपमा जनताको भवना र राष्ट्रियताको निम्ति काम गर्नुपर्ने हो त्यसरी सरकारले काम गर्न सकेको छैन’ उनले भने मात्र पुरानै संविधानलाई संरक्षण गरीरहेको छ ।’ कम्युनिष्ट साँच्चिकै कम्युनिष्ट नभएर पूरानै संसदबादी दल र सोही व्यवस्थामा लागेको उनको आरोप लगाउनुभयो।

विप्लव संगको एकता बारेमा पत्रकारहरुको जिज्ञासामा तत्काल नेकपा को गतिविधि ठिक नभएको हुदा तत्काल एकता सम्भव नरहेको बताउनुभयो दुई चार एनसेलका टावर मा आगो लगाउदै र टोडफोड गरेर क्रान्ति सम्भव नहुने भन्दै नया जनवादी क्रान्ति पूरा गर्ने सरकार , सेना, पुलीस लगायत जनगणतन्त्र बिरोधी संग लडाई हुने बताउनुभयो । पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादीका )सुदुरपश्चिम प्रदेश सेक्रेटरी कमरेड (अनुकुल) नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्ला ईन्चार्ज हरि सुवेदी डडेल्धुरा जिल्ला ईन्चाज लालकिरण कैलाली जिल्ला सेक्रेटरी (डाईमण्ड) लगायतका क्रान्तिकारी माओवादी नेताहरुररहेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस