बनेपा , नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काभ्रेले जिल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य कान्छाराम तामाङ, सोमानसिंह तामाङ, अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, महासचिव पेशल दाहाल, देजमोका जिल्ला अध्यक्ष जितबहादुर लामा, दलित मुक्ति मोर्चाका नेता टेकबहादुर विक लगायतका नेताहरुको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी शिलु न्यापानेले विद्यार्थी संगठन, महासविच पेशल दाहालले संगठनको इतिहास, पार्टी केस कान्छाराम तामाङले पार्टी आन्दोलन र सोमानसिंह तामाङले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए ।संगठनकी काभ्रे संयोजक शोभा सेन्चुरीको अध्यक्षता र सचिव नविन वाइवाको सञ्चालनमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसमा निर्मित इकाइ कमिटिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस