चितवन भाद्र ९ , आज बाट चितवनमा विहान ६ बजेदेखि निशेधाज्ञा जारी गरिएको छ ।सामेबार विहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि एकै स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधाज्ञा जारी गरिएको हो ।जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरी जस्तो निशेधाज्ञा जारी गरेको जनाएको छ ।जिल्लाको सुरक्षाको व्यवस्थापनमा कडाई गर्न प्रशासन यस्तो कदम चालेको हो ।

आइतबार राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको हो । प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदान गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।पाँच जना भन्दाबढी जम्मा हुन नपाउने प्रशासनले तोकेको चार किला यस्तो छः

पूर्वः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्मपश्चिमः पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म ।उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म ।
दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।

प्रतिक्रिया दिनुस