दिपकराज भट्ट् (डिआर)
डडेल्धुरा भाद्र ९ , डडेल्धुरामा जिल्ला प्रहरी कार्यालयले अवैध रुपमा कारोवार भईरहेको मदिरा नियन्त्रण गरी नष्ट गरिएको छ । समाजमा हुने विभिन्न अवाञ्छित गतिविधिहरु अवैध मरिदा विक्रि वितरण, भन्सार छली ल्याएका सामाग्री लगातयतका कारोवारमा कडाइ गरेको हो ।शनिवार जिल्ला सदरमुकाम नजिकैको अमरगढी नगरपालिका–२ आइतबजार स्थित अवैध मदिरा नष्ट गरिएको छ । सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार लगायतको उपस्थितिमा २० लिटर घरेलु मदिरा र मदिरा बनाउनका लागि आवश्यक कच्चा पदार्थ २० केजी बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायव उपरिक्षक दधीराम न्यौपाने बताए ।
डडेल्धुरा सदरमुकाम लगायतका विभिन्न सहरहरुमा अवैध रुपमा लुकाइ छिपाइ गरेर मदिरा बेचबिखन अझै रोकिएको छैन । जस्ले गर्दा समाजमा विभिन्न प्रकारका हिन्सात्मक गतिविधिहरु मौलाइरहेका अमरगढी नगरपालिका–४ का वडा अध्यक्ष दिपेन्द्र थापाले बताए ।उनले समाजमा अमनचयन कायम गर्न प्रहरी, प्रशासन, पत्रकार नागरिक समाज, जनप्रतिनिधिहरुले समन्वयात्मक रुपमा अगाडी बढ्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुस