धर्मानन्द भट्ट , कञ्चनपुर ।

तिमी संसदमा मस्त तिमी सरकारमा मस्त छौ।

झुपडीलाई सपना देखाएर दरबारमा मस्त छौ।

सँगसँगै हिडेका कयौं यात्रीहरू गुमनाम छन्,
कमाउदै छौ रमाउदै छौ भ्रष्टाचारमा मस्त छौ।

कतिका परिवार तिमीले परिवार जस्ता राखेनौ,
तिमी आज रमाउदै आफ्नो परिवारमा मस्त छौ।

सेवा सुविधा राम्रै मिलेको हुनुपर्छ मालिकबाट
स्थायीत्वको सपना देखाएर करारमा मस्त छौ।

 

प्रतिक्रिया दिनुस