जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह पूर्णविक्रम शाहलाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँकै फैसलालाई सदर गरेको हो । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो ।

नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध मंगलबार निवेदन दिएका हुन् ।

तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । उक्त आदेश खारेज गरिपाऊँ भन्दै शाहका तर्फबाट निवेदन परेको थियो । तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए । कान्तिपुर बाट सभार

प्रतिक्रिया दिनुस