कञ्चनपुरमा लागु औषध अपराधमा पक्राउ पर्नेको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको हालसम्म २ सय जना लागु औषध अपराधमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

यस्तै कञ्चनपुरमा पछिल्लो समय लागु पदार्थको दुव्र्यसनमा लाग्नेको संख्या पनि बढ्दो छ । प्रहरीले आफ्नो सक्रियता बढाई रहेको बताई रहेका बेला कञ्चनपुरमा लागु पदार्थको कारोबारमा र दुव्र्यसनमा पर्नेहरुको संख्या बढि रहेको पाइएको हो ।

गत आर्थिक वर्षमा मात्रै कञ्चनपुरमा २ सय ३० जना पक्राउ परेका थिए । भारतसंगको खुला सीमाना लगायतका कारणले भारतबाट लागु पदार्थ भित्र्याउनेहरुको सक्रियता बढि रहेको प्रहरीले जनाएको छ । त्यसको न्युनीकरणका लागि प्रहरीले सीमानाकामा चेकजाचमा कडाई गर्न आवश्यक देखिएको सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुस