कञ्चनपुर, जेठ ,२२ । सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै गएको छ । विभिन्न कारणले सवारी दुर्घटना हुनेक्रम बढ्दै गई रहेका बेला जनधनको क्षति हुनेक्रम पनि बढ्दै गएको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर १ सय ६५ जनाको ज्यान गएको छ भने ४६ लाख ४८ हजार रुपैयाको क्षति भएको छ । यस्तै सवारी दुर्घटनामा परेर ३ सय ३५ जना गम्भीर घाईते भएका छन् भने ५ सय १५ जना साधारण घाइते भएका छन् ।

चालु आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म सुदुरपश्चिम प्रदेशमा ५ सय ९६ वटा सवारी दुर्घटना भएका सुदरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलालीले जनाएको छ । सवारी दुर्घटना बढि रहेकाले सबै सरोकारवालाहरुले आआफ्नो तहबाट पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुस