कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका एक सामुदायिक विद्यालयका शिक्षकको विदाई गरिएको छ । बेलडाँडी गाँउपालिका १ झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालयका संस्थापक शिक्षक लाल सिह विष्टको विदाई गरिएको छ ।

 

आइतबार विद्यालयले एक कार्यक्रमका विच संस्थापक शिक्षक विष्टको विदाई गरेको हो ।

 

विस २०४८ सालमा स्थापना गरिएको विद्यालयको संस्थापक शिक्षक विष्टले शिक्षण गरेका थिए । निरन्तर तीन दशक शिक्षण सेवा गरेका विष्ट उमेर हदका कारण सेवानिवृत भएका हुन । शिक्षक, अभिभावक, विद्यार्थीबाट शिक्षक विष्टलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

विदाई कार्यक्रममा संस्थापक शिक्षक लाल सिह विष्टले बालबालिको भविष्य बनाउने विषयमा सबै शिक्षकले ध्यान दिनुपर्नेमा जोडदिएका छन ।

 

कार्यक्रममा विद्यालयका पुर्व प्रअ एव अध्यक्ष दिर्घ बहादुर शाहले विद्यालयले बृद्धि विकासका लागि संस्थापक शिक्षक विष्टको महत्वपूर्ण योगदान रहेको बताएका छन ।

 

प्रअ विष्णूसिह विष्टले संस्थापक शिक्षक विष्ट विद्यालय समाजका लागि ईतिहास रहेको बताए । बेलडाँडी गाँउपालिका १ का वडाध्यक्ष जग बहादुर विष्टले शिक्षक विष्टको योगदानको कदर गर्नुभयो । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेकी बेलडाँडीकी उपप्रमुख शान्ति नाथले समाजलाई अन्धकारबाट उज्याँलोतर्फ धकेल्ने शिक्षक विष्टको योगदान सरानिय रहेको बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले विद्यालयको बृद्धि विकासका लागि योगदान पु¥याएका शिक्षक विष्टप्रति आभार प्रकट गर्नुभयो । बेलडाँडीको शैक्षिक बृद्धि विकासका लागि शिक्षक विष्टको योगदान पु¥याएको भन्दै आगामी आर्थिक बर्षभित्रै ५१ हजार १२५ रुपैयाका साथ सम्मान गरिने घोषणा गरिने गाँउ प्रमुख रानाले घोषणा गर्नुभयो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिका पुर्व पदाधिकारी, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो । शिक्षक, अभिभावक, विद्यार्थीबाट शिक्षक विष्टलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुस