कञ्चनपुरमा बेवारिसे अबैध काठ बरामद गरिएको छ । वनदेबि सामुदायिक बन, सव डिभिजन बन कार्यालय र जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय गुलरियाबाट प्रहरी सहायक निरीक्षक जनक राज अवस्थीको कमाण्डमा खटिएको सयुक्त प्रहरी टोलिले काठ बरामद गरेको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ पबित्रा वस्ती बस्ने राम चौधरीले अबैध सालको गोलिया र तयार गरिएका सालका काठ लुकाई छिपाई गरि राखेको छ भन्ने बिशेष सुचनाको आधारमा निजको घरमा गई रितपुर्वक खानतलासि गर्दा घरको कोठाभित्र र खाडलमुनि गरी जम्मा २३.५३ क्यु फिट सालको अबैद्य काठ फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुस