कञ्चनपुरमा अबैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालयको टोलीले गड्डाचौकीबाट अबैध सामान बरामत गरिएको हो ।

प्रहरी नायब निरीक्षक बहादुर सिह धामीको कमाण्डमा खटिएको प्रहरी टोलिले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० पशुपति टोल पिपलको रुख स्थित भारतबाट भन्सार छली गरी ल्याई वेवारिसे अवस्थामा चिनि, मिश्री, दाल लगायत अन्दाजी सन्ताउन्न हजार एक सय नब्बे रुपैया मुल्या बराबरको सामान र भीमदत्त नगरपालिका वडा नम्बर ३ र वडा नम्बर १० तिनतारा स्थीत प्रहरी सहायक निरीक्षक महन्त सिह बोहराको कमाण्डमा खटी गएको प्रहरी टोलीले भारत बाट भन्सार छली गरी ल्याई वेवारिसे अवस्थामा मोटरसाइकलको पार्टपुर्जा, छाता र खाने तेल लगायत अन्दाजी एक लाख पाँच हजार पाँच सय साठ्ठी बराबरको सामान गरी जम्मा अन्दाजी एक लाख बास्ठ्ठी हजार सात सय पचास रुपैया बराबरको सामानहरु बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुस