कञ्चनपुरको भिमदत्त नगरपालिका वार्ड नम्बर ०९ मटैना स्थिति प्रदेश सरकारले नेपाल भारत प्रवेस द्वार बनाउनका लागि १५ लाख रकम बिनियोजन गरेको थियो । उक्त ठाउँमा सिमा निर्धारण नभएकाले सोही ठाउमा अहिले नै नेपाल भारत प्रवेश द्वार निर्माण गरे दिर्घकालिन रुपमा सिमा समस्या हुने भएकोले प्रवेस द्वार नबनाउन स्थानियले बिरोध गरेका छन । सिमा निर्धारण नहुदै प्रवेश द्वार निर्माण नगर्न स्थानिय युवाहरूले प्रेस बिज्ञप्ती  जरि गरेका छन।

उक्त कार्य नरोकिए कडा संघर्ष मा उत्रिने कुरा पनि प्रेश बक्तव्यमा उल्लेख गरेको छ । यसै बिषयमा स्थानिय युवाले भिनपा ०९ वडा जनप्रतिनिधि लाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

 

प्रतिक्रिया दिनुस