कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा टिभिएस ग्रान्ड एक्सचेन्ज मेला शुरु भएको छ । आइतबारदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा टिभिएस ग्रान्ड एक्सचेन्ज मेला शुरु भएको हो । टिभिएस कम्पनीका मोटरसाईकल तथा स्कुटीको आधिकारिक बिक्रेता जगदम्बा मोर्टस र स्थानीय बिक्रेता माहामाया टे«ड एण्ड सप्लार्यसले एक्सचेन्ज मेला आयोजना गरेको हो ।

ग्राहकको समस्यालाई मध्य नजर गर्दै एक्सचेन्स मेला शुरु गरेको जगदम्बा मोर्टस प्रालिका क्षेत्रीय बिक्रि प्रबन्धक विक्रम बोहराले बताए । क्षेत्रीय बिक्रि प्रबन्धक बोहराले कुनैपनि कम्पनीको पुरानो मोटरसाईकल वा स्कुटीसंग स्मार्ट टिभिएस मोटरसाईकल साँटिने बताए ।

‘बजार मुल्य भन्दा हरेक मोटरसाईकल, स्कुटीमा १० हजार थप दिन्छौँ, ‘उनले भने, ‘सबै सेवा सुविधा एकै स्थानबाट सेवा प्रवाह गछौँ ।’ महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी राज कुमार शर्माले मेलाको रिर्वन काटेर उद्घाटन गरेका थिए, भने नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले पानसमा बत्ती बालेर मेलाको औपचारिक उद्घाटन गरेका छन ।

महेन्द्रनगरका लागि टिभिएस कम्पनीका मोटरसाईकल तथा स्कुटीको आधिकारिक बिक्रेता माहामाया टे«ड एण्ड सप्लार्यस संचालक बिनोद भट्टले ग्राहको चाहना अनुरुप बेला बेलामा कम्पनीले आफ्ना कार्यक्रम संचालन गर्दै आएको बताए । दुई दिनमै ग्राहकले एक्सचेन्ज सेवा दिएका छन । १० असारसम्म मेला संचालन हुनेछन । मेलाको फाईदा लिन दुई पाङग्रे सवारी साधनका प्रयोगकर्तामा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुस