कञ्चनपुर । कञ्चनपुरको श्रीलङका खानेपानीको उपभोक्ता तथा सरसफाई समितिको बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका १० मा रहेको श्रीलङका खानेपानीको उपभोक्ता तथा सरसफाई समितिको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै भीमदत्त नगरपालिका १० का वडाध्यक्ष महेश चन्दले खानेपानी विस्तारका लागि पहल गर्ने आश्वासन दिएका छन । अध्यक्ष चन्दले शिघ्र संचालनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जोहेर गरेका छन ।

श्रीलङका खानेपानीको उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कृष्णराज जोशीले आर्थिक बर्ष २०७५÷०७६ देखि आयोजना शुरु भएको बताए । तीन बर्षभित्रै सम्पन्न हुने लक्ष्य रहेको खानेपानीमा कोडिभका कारण लम्बिएको बताउदै अध्यक्ष जोशीले १ करोड ९५ लाख लागतमा झण्डै २ सय परिवारलाई पुग्ने गरी आयोजना अघि बढेको बताए ।

हालसम्म बोर, पालेघर, पर्खाल निर्माण भएको छ । भने अब ओभरहेड ट्याङकी, गोदाम घर, कार्यालय निर्माण हुन बाँकी छ । साधारण सभाले पुरानै समितिलाई चयन गरेको छ ।

अध्यक्ष कृष्णराज जोेशी, उपाध्यक्ष निर्मला रावत, सचिव प्रकास दत्त भट्ट, कोषाध्यक्ष दान बहादुर दमाई, सदस्य बिर सार्की, सुमरी सार्की, रवी सार्की, माली सार्की रहेका छन ।

समितिका अध्यक्ष कृष्णराज जोशीको अध्यक्षतामा सचालन भएको कार्यक्रममा सचिव प्रकास दत्त भट्टले कार्यक्रम संचालन गरेका थिए । खानेपानीको आयोजना निर्माण भएसंगै सो क्षेत्रका स्थानीय स्वच्छ खानेपानीबाट लाभान्वित हुने छन ।

प्रतिक्रिया दिनुस