कञ्चनपुर । प्रहरीले सर्वसाधारण आम नागरिकलाई सेवा भन्दा पनि कसरी दुखत दिन्छन, चाहे फसाउँछ, निर्दोष माथि दमनगर्नेदेखि पहुँच नहुनेलाई बिना कारण दुख दिन्छन, शक्ति केन्द्रको पुजारी हुन्छन, भन्ने सोमबार राती महेन्द्रनगरमा भएको आगलागी घटनाले प्रष्ट पारेको छ ।

सोमबार राती भीमदत्त नगरपालिका १८ महेन्द्रनगर गल्ली नम्बर ४ मा सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्याङकरमा आगलागी भएको घटना बारे समाचार संकलन गर्न गएका पत्रकार रवि विवसमाथि प्रहरीको निष्कृष्ठ अमानविय दुव्र्यवहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले पत्रकार विवसमाथि दुव्र्यवहार गर्दै शक्तिको आडमा जबरजस्त पक्राउ गरी हिरासतसम्मै पु¥याएका छन । प्रहरीसंग बिवाद गरेको निहुँ बनाएर प्रहरी निरीक्षक ठगुन्नाले मानव अधिकार उलङघन हुने गरी पत्रकार विवसलाई जबरजस्त गाडीमा धकेलेपछि पत्रकार विवसको नाक सहित शरिरमा चोट लागेको छ ।

बर्दी, फुलीको उदमादले प्रहरी निरीक्षक ठगुन्नाले पक्राउ गरी हिरासतमा पु¥याएको पत्रकार विवसले बताए । ‘मेरै कार्यालयकै छेउमा आगो लागेको थियो, ‘उनले भने, ‘म त्यहाँ रिर्पोटिङ्गमा गए, केही स्थानीयले आगलागीको कारण खोजिरहेका थिए, संगै वडा प्रहरी कार्यालयका इन्चार्ज प्रकास सिह भण्डारी पनि थिए, भण्डारीले केही गर्नुभएन, जिल्लाबाट खटिएको ईन्सपेक्टर ठगुन्नाले अमानविय शैलीमा धकेलेर गाडीमा हुत्याए, मेरो नाक र शरिमा चोट लागेको छ ।’

पत्रकार हुँ समाचार संकलन गर्न आएको हुँ सर, भन्दाभन्दै सुन्दै नसुनेर गुण्डागर्दी शैलीमा गाडीमा फाल्दै सिधै हिरासतमा पु¥याएको पत्रकार विवसले बताए । ‘मैले आग्रह गरे तर ति ईन्सपेक्टर ठगुन्नाले माथिको आदेश भन्दै मानेन्, ‘विच बाटोमा पुगेर भाग्छस भन्दै हतकडी लगाए, म माथि यस्तो अमानविय व्यवहार भयो ।’

प्रहरीले पत्रकार विवसलाई मदिरा सेवन गरेर सोधपुछका लागि वडा प्रहरी कार्यालयमा ल्याएको बताएपछि दोस्रो दिन थाहा नपाएर भन्दै पन्छिन खोजेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले पत्रकार भएको थाहा नपाएर ल्याएको बताए ।

समाचार संकलन गर्न गएका पत्रकारमाथि धरकपट, दुव्र्यवहार गर्दै पक्राउ गरी अपराधीको जस्तो व्यवहार गरेर हिरासतमा राख्ने काम गम्भिर मानव अधिकार उलङघनको घटना भएको भन्दै कञ्चनपुरका अधिकारकर्मी, पत्रकार, नागरिकले उक्त कार्यको भत्र्सना गरेका छन ।

कुनै पनि नागरिकले मदिरा सेवन गरेर प्रहरीसंग विवाद गरेको निहुँ बनाएर पक्राउ गरेर हिरासतमा पु¥याउने कार्य गम्भिर मानव अधिकार उलङघनदेखि शक्तिको दुरुपयोग भएकाले सो कार्य गर्नेमाथि कार्बाहीको माग अघि सारेका छन ।

पत्रकार विवस भीमदत्त नगरपालिका तत्तकालिन प्रेस सल्लाहकार, एमाले निकट प्रेस चौतारीका निर्वतमान केन्द्रीय सदस्य तथा आजको विकल्प दैनिकका कार्यकारी सम्पादक हुन । उनीमाथि प्रहरीले राजनीतिक तथा कहिलेकाही प्रहरीका गलत कार्य तस्करसंग प्रहरी मिलोमतोमा राजस्व छलीका घटना विषय समाचार लेख्दै आएका थिए ।

प्रहरी बिरुद्धमा लेखिएका समाचारको प्रतिशोध साध्नका लागि त पक्राउ गरिएको विषयमा आशंका गरिएको उनले बताए छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले समाचार संकलन गर्न गएका पत्रकारलाई पक्राउ गरी हिरासतमा पु¥याउने कार्य निन्दनीय र घृष्णायुक्त भएको बताए ।

‘घटना भएको स्थानमा प्रहरीसंग वाद विवाद हुँदा के सबै पत्रकार नागरिकलार्ई पक्राउ गरी जेल हाल्ने त, ‘उनले भने, ‘यस बारेमा म पनि बुझिएको छु ।’ आगजनी भएको ट्याङकरको मुचुल्ला विषयमा प्रशन गर्दा प्रहरीले तपाई को हो ? भन्दै गुण्डाशैलीमा पक्राउ गरी दुव्र्यवहार गरेको उनले दुखेसो पोखे ।

केही घण्टा पत्रकार विवसलाई वडा प्रहरी कार्यालय महेन्द्रंनगरको हिरासत कक्षमा राखेर छाडिएको थियो । प्रहरीले पत्रकारमाथि दमन गरेर आफ्ना काला कर्तुत लुकाउन उत्साहित भएको भन्दै लोकतन्त्र माथि नै प्रहारमा प्रहरी दमनमा उत्रिएको पत्रकार विवसको भनाई छ । पत्रकार पक्राउ परेको विषयमा पत्रकार महासंघ, विभिन्न मानव अधिकार संघ संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ ।

प्रतिक्रिया दिनुस