महेन्द्रनगर । प्रेस सेन्टर नेपालले समाचार सकलन गर्न गएका पत्रकार रनि विवसमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कार्बाहीको माग अघि सारेको छ ।

प्रेस सेन्टर नेपाल कञ्चनपुरले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दे पत्रकार विवसमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कार्बाहीको माग अघि सारेको हो ।

सोमबार समाचार संकलनका क्रममा कञ्चनपुरबाट प्रकाशित हुने विकल्प दैनिकका कार्यकारी सम्पादक रनि विवशलाई समाचार संकलनका क्रममा राति प्रहरीले गैर न्यायीक हिरासतमा लिएको प्रति प्रेस सेन्टर, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तीमा जनाएको छ । महेन्द्रनगरमा प्रहरीले पत्रकार माथी गरेको दुव्र्यवाहार र गैर न्यायीक हिरासत घटनाको पे्रस सेन्टर कञ्चनपुरले भत्र्सना गरेको छ ।

‘महेन्द्रनगर बजारको फ्रीलाइनस्थित सडकमा निर्माण सामग्री बोकेको डिस्ट्रिब्यूटर्समा आगलागी भएको समाचार संकलनका क्रममा प्रहरीले पत्रकार विवशलाई विना कारण पक्राउ गरी गैर न्यायीक हिरासतमा राख्नु निन्दनिय छ ।’ मंगलबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुण भट्टद्धारा हस्ताक्षेरीत विज्ञप्तीमा प्रेस स्वतन्त्रतामाथिको कञ्चनपुर प्रहरीले गरेको हस्तक्षेपको घटनाले आफुहरुलाई दुःखी बनाएको बताएको छ । घटनामा संलग्नलाई आवश्यक कारबाहीका लागि जोडजार माग गरिएको छ ।

पत्रकार महांसघ कञ्चनपुर सहित जिल्ला स्थीत विभिन्न पत्रकार संगठनहरुले पत्रकार माथी भएको दुव्र्यहार र प्रहरी हिरासतको विरोध गरेका छन् । मंगलबार कञ्चनपुरका पत्रकारलाई भेटदै कञ्चपुर प्रहरी प्रमुख श्याम सिंह चौधरीले घटना प्रति दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुस