दोधारा । दोधारा चाँदनी नगरपालिकामा आठौं अन्तर्राष्ट्रिय योग दिवस भब्यताको साथ मनाईएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ कमलशा बाबा मन्दिरबाट निस्केको.र्‍याली मिलन चौराहमा एक कार्यक्रम गरि सम्पन्न भएको छ् । र्‍यालीमा बालबालिका, युवा तथा बृद्ध बृद्धाको सहभागिता रहेको थियो ।

‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नु पर्ने कार्यक्रमा बताईएको छ् ।

पतञ्जली योग समिति दोधारा चाँदनीका नगर महामन्त्री हरि ओंम रसाईलीले योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकासको बिकास हुने बताएका छन् ।

बिविध कारणले मानव जिवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जिवनलाई शान्त, फलदायी र उत्पादन मुलक बनाउन योग प्रभावकारी सिद्ध भएको उल्लेख उनले बताएका छन् ।

कार्यक्रममा पतञ्जली योग समिति दोधारा चाँदनीका नगर महामन्त्री हरि ओंम रसाईली, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार, दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, बालअधिकारकर्मी केशव प्रसाद बराल, वडा नं. ७ का वडा सदस्य कमला उपाध्याय्, वडा नं. ९ का वडा सदस्य बल बहादुर रावत, नेपाली काग्रेंसका नेता नाफु सिंह साँउद, भानु बहुमुखी क्याम्पसका प्रमुख प्रकाश चन्द लगाएत को सहभागिता रहेको थियो ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्य क्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोक्तरी, शरीर, मन र आत्मा बिचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुत्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राफ्ति लगाएत सकारात्मक गुणको विकास हुने कार्यक्रममा बत्ताहरले बताएका छन् ।

नेपालको अमूल्य निधिका रुपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाईनै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ् ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाईन्छ् । शिव र पार्वती बिचको संवादलाई प्रचार प्रसार गरी योग संसार भर फैलिएको थियो ।

बिचमा लुप्त प्राय ः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुन ःजागरणनै शुरु भएको छ् । योग एवं प्राकृतिक चिकित्साका अनुसन्धनकर्ता डा. हरिप्रसाद पोखरेलको सक्रियतामा नेपालमा योग दिवस मनाउन शुरु गरिएको बताईएको छ् ।

प्रतिक्रिया दिनुस