कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगपालिका क्षेत्रमा अति विन्पन्न परिवारलाई खाद्यान्न एव मानविय अति आवश्यकीय बस्तु तथा सेवा वितरण गरिएको छ । आर्दश महिला समाज नेपालले टेवा नेपालको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका क्षेत्रका अति विपन्न गरिब समुदायका नागरिकलाई खाद्यान्नका साथै अति आवश्यकीय बस्तु तथा सेवा वितरण गरेको हो ।
मंगलबार एक कार्यक्रममा विच आर्दश महिला समाज नेपाल कञ्चनपुरको कार्यालयमै नगर क्षेत्रका अति विपन्न गरिब, दलित, असाहय, एकल महिला, नेत्र बिहिन, शारिरिक रुपमा अशक्त नागरिकलाई खाद्यान्न वितरण गरिएको छ ।
आर्दश महिला समाज नेपाल कञ्चनपुरका अध्यक्ष एव अधिकारकर्मी माया नेगीले कोडिभ प्रभावितसंगै आर्थिक रुपमा विपन्न भएका २३ परिवारलाई सहयोग गरेको बताईन । अध्यक्ष नेगीले प्रति परिवार एक थान खाना पकाउने ग्याँस चुलो, मोवाईल, खाद्यान्न दाल, चामल, नुन, तेल, चिनी, स्वास्थ्य तथा सरसफाई सोडा, साबुन, आधारभूत औषधी वितरण गरिएको छ ।
संस्थाबाट निःशुल्क घरसायी प्रयोजनका लागि चाहिने आति आवश्यकीय खाद्यान्न सहितका बस्तु पाएपछि विपन्न परिवार हर्षित भएका छन । आर्दश महिला समाज नेपालका सल्लाहकार एव राहत वितरणका सदस्य आनन्द सिह धामीले विभिन्न प्रकृतिका अति विपन्न परिवारको अति आवश्यकीय बस्तु वितरणले केही राहत पुगेको बताए ।
राहत वितरणमा संस्थाका अध्यक्ष माया नेगी, सचिव रुक्मा नाथ, सामुदायिक सुरक्षा जालोका संयोजक मञ्जु केसी, सल्लाहकार आनन्द सिह धामी, योगगुरु गंगादत्त जोशी सहित संस्थाका अन्य पदाधिकारी सहितका सरोकारवाको उपस्थिति रहेको थियो ।