कञ्चनपुर । ईलाका प्रहरी कार्यालय गड्डाचौकीले तस्करीको समान बरामद गरेको छ । केही दिन पहिले पनि झण्डै डेढ लाख बराबरको समान बरामद गरेको ईप्रका गड्डाचौकीले फेरी मंगलबारपनि अवैध समान बरामद गरेको छ ।

भारतबाट चोरी तस्करी भई भन्सार नकाटेरै नेपाल(महेन्द्रनगर) तर्फ तस्करी भईरहेको समान ईप्रका गड्डाचौकीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ईप्रका गड्डाचौकीका इन्चार्ज समेत रहेका प्रहरी नायब निरीक्षक बहादुर सिह धामी नेतृत्वको टोलीले भारतबाट चोरी तस्करी भएको समान भीमदत्त नगपालिका १० पशुपति टोलबाट बरामद गरेर भन्सार बुझाईएको छ ।

प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चिनी, खुर्सानी, तेल, बिस्कुट सहित लेडिज समान गरी झण्डै ४२ हजार ३८२रुपैँया बराबरको समान बरामद गरेर भन्सार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुस