कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिकाको नगर सभा शुरु भएको छ । मंगलबारदेखि नगरपालिका सभा शुरु भएको हो । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले नगर सभा शुरु भएको बताए ।

प्रवक्ता खडका अनुसार आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति, कार्यक्रम तथा बजेट कार्यपालिका सदस्य तथा ४ का वडाध्यक्ष शुशिल भट्टले प्रस्तुत गरेको बताए ।

नगर उप प्रमुख निलम लेखकको अनुमतिमा समाजिक विकास समितिका संयोजक समेत रहेका कार्यपालिका भट्टले नीति, कार्यक्रम तथा बजेट प्रंस्तुत गरेको प्रवक्ता खडकाले बताए ।

नगर उप प्रमुख निलम लेखकले आर्थिक विधेयक ०७९, विनियोजन विधेयक प्रस्तुत गरेका थिए । भने नगर प्रमुख पदम बोगटीले न्याय समिति गठन विधेयक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राज्यमन्त्रीद्वय मान बहादुर सुनार, टिका रैका, आर्थिक मामलामन्त्री प्रकास रावल र प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टको उपस्थिति रहेको थियो ।

‘नगर सभामा प्रस्तुत भएको नीति, कार्यक्रम तथा बजेट अध्ययनका लागि पालिका सदस्यहरुलाई वितरण गरेका छौँ, ‘प्रवक्ता खडकाले भने, सुझाव, सल्लाह संशोधन सहित असार १०गते पुन बस्नेगरी स्थगित भएको छ ।’

प्रतिक्रिया दिनुस