कञ्चनपुर । विद्यार्थी नेता एव अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किशोर भट्टले आफ्नो जन्मदिनको अवसर पारेर मिटर ब्याज पीडित नागरिकलाई फुलफुलका साथै जुस वितरण गरेका छन । प्रदेश नम्बर २का  मिटर ब्याज पीडित एव ठगिएका नागरिकलाई क्रान्तिकारी नेता भट्टले आफ्नो जन्मदिनको अवसर पारेर फुलफूलका साथै जुस वितरण गरेका हुन ।

मिटरब्याजी साहुकार ठगहरुलाई कार्बाहीको माग अघि सारेर पीडित काठमाण्डौँ धर्नामा छन । उनीहरुलाई कञ्चनपुर महेन्द्रनगर स्थानीय समेत रहेका क्रान्तिकारी नेता भट्टले फलफुल वितरण गरेका हुन ।

क्रान्तिकारी नेता भट्टले ठगिएका नागरिकलाई सरकारले हेर्नुपर्ने उनीहरुलाई न्याय दिनुपर्ने माग समेत राखेका छन । यस अघि पनि क्रान्तिकारी नेता भट्टले आफ्नो जन्मदिनको अवसर पारेर विपन्न विद्यार्थीदेखि असाहयलाई सहयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुस