डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत एकजना कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ । सोमबार दिउँसो १ बजेतिर कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ भीमदत्त राजमार्गको गाइमारेमा ती कर्मचारीमाथि आक्रमण भएको हो ।

आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी राजमार्गदेखि करिब एक सय मिटर तल भिरमा हातखुट्टा बाँधेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी रवीन्द्रराज पाण्डेयले भण्डारीसँग कञ्चनपुरको महेन्द्रनगरदेखि तीन जना भारतीय मूलका नागरिकले खानीडाँडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ३–०१–२३ च ६०२१ नम्बरको जिपमा चढेको बताउनु भयो ।

भण्डारीको घर कञ्चनपुरको वेदकोट नगरपालिका दैजी हो । जीप गाइमारे पुगेपछि भण्डारीलाई जीप रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाँधेर भण्डारीलाई सडकदेखि तल पु¥याएर जीप लिएर फरार भएको भण्डारीलाई उदृत गर्दै डिएसपी पाण्डेयले बताउनु भयो । घटनाका बारेमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस