कञ्चनपुर । समाजिक अभियन्ता ईश्वर दत्त जोशीले निर्मला पन्तका हत्यारा खै ? भन्दै विभिन्न १८ बुँदे माग अघि सारेर प्रशासनमा ज्ञापन पत्र बुझाएका छन । सोमबार अभियन्ता जोशीले देशमा दुई दुई सरकार परिर्वतन हुँदा समेत निर्मला पन्त लगायतका कयौ चलिहरुको बलात्कारी बचाउने काम भएको भन्दै प्रशासनमा ज्ञापन पत्र बुझाएका हुन । निर्मलाका हत्यारा बाहिर ल्याउन न्यायाधिश, प्रहरी किन लागि पर्दैनन भन्दै प्रशन गरेका छन । बलात्कारी बचाउने त्यस्ता व्यक्तिलाई पनि बलात्कार ऐन अन्र्तरगत कार्बाही हुनुपर्ने माग अघि सारेका छन । बलात्कृत चेलीहरुलाई न्याय दिनुपर्ने माग अघि सारेका छन । यसका साथै जोशीले संविधान कार्यान्वयन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुनुपर्ने, छाडा पशु चौपाया नियन्त्रण हुनुपर्ने, कृषि निगम आयोग हुनुपर्ने, नेताले चुनाव जितेर आफ्नो सेवा सुविधा आफैले प्रयोग गरिरहेको भन्दै जोशीले किसानले उत्पादन गरेको बस्तु तथा सेवाको मुल्य आफै निर्धारण गर्नुपर्ने, भ्रष्टाचारीलाई समाजिक बहिस्कार, गैर राजनीतिक युवा संगठन निर्माण गर्नुपर्ने, राजनीतिक दलपिच्छे पार्टीका शिक्षक संगठन खारेजी गर्नुपर्ने, संसद संख्या घटाउनुपर्ने, सघीयता खारेजी हुनुपर्ने, निजामती कर्मचारीलाई भ्रष्टाचारमुक्त गराउनुपर्ने, बालिका, चेलीबेटीका हत्यारामाथि कार्बाही हुनुपर्ने, १७ बर्षिया कुमारी बलात्कृत भएर उनबाट जन्मेको बच्चा र आमालाई न्याय दिनुपर्ने, निःशुल्क स्वाथ्य उपचारको माग अघि सारेर प्रशासनमा ज्ञापन पत्र बुझाउँदै जोशीले अन्न त्यागेर दोस्रो चरणदेखि अनसन बस्ने चेतावनी दिएका छन । यस अघि पनि जोशीले ज्ञापन पत्रका साथै अनसन बसेका थिए । उनले प्रहरीले निर्मला हत्यारा खोज्न ध्यान नदिएको आरोप लगाएका छन । यस अघि पनि जोशी निर्मलाको न्यायका लागि भन्दै आन्दोलमा होमिएका थिए । तर, कञ्चनपुर प्रहरीले निर्मला हत्याराको खोजी कार्य जारी रहेको जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुस