कञ्चनपुरमा सडक दुर्घटना बढ्दै गएको पाइएको छ । ट्राफिक प्रहरीको तथ्यांकले कञ्चनपुरमा सडक दुर्घटना बढ्दै गएको देखाएको हो । कञ्चनपुरमा गत आर्थिक वर्ष २०७७÷७८ मा कुल ९७ वटा दुर्घटना भएका थिए ।

ती दुर्घटनामा परेर ३३ जनाको ज्यान गएको थियो भने ८७ जना गम्भीर घाइते र ६० जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । साथै ४ वटा चौपायाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।

यस्तै चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कुल ९० वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ३१ जनाको ज्यान गएको छ भने ६१ जना गम्भीर घाइते र ६४ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैगरी जेठ मसान्तसम्म सडक दुर्घटनामा परी ६ वटा मृत्यु भएको छ । विभिन्न कारणहरुले हुने सडक दुर्घटना न्युनीकरण गर्नका लागि चालक, सवारी साधनका धनी, यात्रु, ट्राफिक प्रहरी र सबै सरोकारवालाहरुले ध्यान दिन आवश्यक रहेको जानकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुस