कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कैलाली कञ्चनपुरका नेपाली काँग्रेस, नेकपा एमालेका प्रभावकारी नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन ।
सोमबार काठमाण्डौँमा एमाले, काँग्रेस परित्याग गरेर दर्जनौँ नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिम्लिसेनाले काँग्रेस, एमाले सहितका दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेको बताए । उनका अनुसार ने.क.पा. (मसाल) केन्द्रीय सदस्य खडक राना कैलाली, ने.क.पा. एमाले सुदूरपश्चिम प्रदेश सदस्य एवं नेपाल ईट्टा व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष एव पुर्वसकाएमाले नेता विरबल वि.क., ने.क.पा. मसाल समन्वय समिति लुम्बीनी व्युरो सदस्य कमल कुमार खडका कपिलबस्तु, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी तथा बेलडाँडीका नेता चन्द्र सिंह बि.क, कञ्चनपुरका प्रतिष्ठित सामाजिक व्यक्तित्व दिल बहादुर बि.क., तत्कालिन दलित श्रमिक संगठनका केन्द्रीय सदस्य गोपीलाल, नेपाली काँग्रेस पुर्नवास नगर सचिव चन्द्रमणि गैरे, नेपाली काँग्रेस क्रियाशिल सदस्य रामकृष्ण वि.क, पुर्नवास नगरपालिका वडा नं. ५ बाट विनोद विश्वकर्मा, पुर्नवास नगरपालिका वडा नं. ५ सुदिच्छा ढकाल कञ्चनपुर, कञ्चनपुरको पुर्नवास नगरपालिकाबाट सुदिप रोकाया, दिपेश रोकाया, हर्क बिष्ट रहेका छन । उनीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड)ले टिका लगाएर पार्टीमा स्वागत गरेका छन । कार्यक्रममा पुर्वमन्त्री एव माओवादी नेतृ बिना मगर, सुुप प्रदेशका राज्यमन्त्री एव माओवादी नेता मान ब. सुनार, माओवादी केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, माओवादी केन्द्रीय सदस्य एव युवा नेता ओमविक्रम भाट(सरल) सहितका नेताहरुको उपस्थिति रहेको थियो ।