पर्यटन प्रवद्र्धनका लागि लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधवार असार १५ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

बुधवार पर्यटन प्रवद्र्धनका लागि पत्रकारहरुको शुक्लाफाँटा भ्रमण कार्यक्रम तथा पर्यटन प्रवद्र्धनमा पत्रकारको भुमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको आयोजना तथा उद्योग वन तथा वातावरण मन्त्रालय सुदुरपश्चिम प्रदेशको सहकार्यमा उक्त कार्यक्रम बुधवार सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सभाअध्यक्ष नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावल रहनु भएको थियो भने प्रमुख अतिथि सुुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी रहनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यदेखि लिएर, प्रदेश समितिका पदाधिकारी, दार्चुला, डोटी, डडेल्धुरा जिल्ला अध्यक्ष, कैलाली र कञ्चनपुरका पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटन क्षेत्रको प्रवद्र्धनमा पत्रकारहरुको विशेष भुमिका रहने भएकाले पत्रकारहरुले अन्य सरोकारवाला पक्षसंग समन्वय गर्दै पर्यटन क्षेत्रको विकासमा भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुस