कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि निर्वतमान महासचिव बाशुदेव जोशी(बिनोद)ले वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिएका छन ।

झण्डै तीन दशकदेखि व्यापार व्यवसायमा जुटेका जोशीले यस पटक उद्योग उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन । चर्चित चश्मा व्यवसाय जोशीले वाणिज्य संघका सदस्यदेखि क्रमिक रुपमा सचिव, महासचिव हुँदै अहिले हुँदै उद्योग उपाध्यक्षमा आँकाक्षा देखाएका छन ।

जोशीको काँजल चस्मा सेन्टर छ । जिल्लामै काँजल चस्मा सेन्टर चर्चित छ । उनले यस पटक वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेर सहमतीको प्रयासमा जुटेका छन । उनलाई बलिया उम्मेदवारका रुपमा हेरिएको छ ।

जोशीसंगै उद्योग उपाध्यक्षमा धर्मसिह रावल र यज्ञराज भट्टले समेत उम्मेदवारी दिएका छन । समाजिक एव व्यवसायिक हकहितका साथै जिल्लाको आर्थिक विकासका लागि खटिएका जोशीलाई व्यवसायीले समेत बलिया उम्मेदवारका रुपमा हेरेका छन ।

प्रतिक्रिया दिनुस