कञ्चनपुर । असार १५ गते हरेक बर्ष नेपालमा धान दिवस मनाईन्छ । तर, कञ्चनपुरमा कृषिसंग सम्बन्धीत कार्यालयले दिवसका नाममा बजेट दोहन एव बेथिति मच्चाएका छन । किसानलाई मलखाद अभाव भएका बेला कृषिसंग सम्बन्धीत कार्यालयले बजेट दोहन गर्नका लागि नाटक मन्चन गरेका छन । बेलडाँडी कृषि शाखाले पनि धान दिवसमा लाखौँ रकम खर्च गरेर दिवस मनाएको छ ।

जबकी बेलडाँडी किसानले मलखाद पाएका छैनन । भएको जमिन पनि दलदलमा परिणत भएको छ, गत बर्ष वाढिले क्षति गरेको अन्नबालीको समेत क्षतिपूर्ति राहत पाएका छैनन । दिवस मनाउनका लागि एक लाख भन्दा बढि बजेट भएपनि खसी काटेरै दिवस मनाउँदा बढि खर्च भएको कृषि शाखाले जनाएको छ ।

धान दिवसमा दही चिउरा खाने प्रचलन र संस्कार भएपनि बेलडाँडी कृषि शाखाले नयाँ जनप्रतिनिधी आएकाले खुसी पार्नका लागि खसी नै काटेर दिवसमाथि नै ठाडो चुनौती थपिदिएका छन । कमसल गुणस्तहिन टिसर्ट ल्याएर कम्पनीसंग कमिसन खाएको समेत कृषि शाखामाथि जनप्रतिनिधीको आरोप छ ।

तर, कृषि शाखा प्रमुख निरज शर्माले किसानका लागि वितरण गर्ने टिसर्ट जनप्रतिनिधीले खोसेर लगेको बताए । उनले किसानका लागि ल्याएका टिसर्ट जनप्रतिनिधीले खोसासोर गरेर एकै जनाले २, ३ टिर्सट लगेको गएको बताए ।

‘मैले ५÷६ किलो मासु किनेर आँउ भनेको थिए, तर जनप्रतिनिधीले होईन कहाँ हुन्छ, खसी काट्नुपर्ने भन्दै दवाव दियो, ‘उनले भने, ‘त्यही भएर खसी काट्न बाध्य भए, विनियोजित बजेट भन्दा बढि खर्च हुन गयो , हिसाब किताब गर्न बाँकी छ ।’

कसै किसानलाई वा खेतमा गएका केहीलाई टिसर्ट नपाएपछि विवाद भएको थियो । यसरी किसान चरम मारमा परेका बेला बेलडाँडी कृषि शाखाले फजुल खर्च गरेर दिवस मनाउन अर्थहिन हुने स्थानीय किसानको भनाई छ ।

स्थानीय किसान पदम रानाले बेलडाँडीका किसान चरम मारमा परेका बेला दिवसका लागि लाखौँ रकम खर्च गरेर दिवस मनाउने कार्य निन्दनिय भएको बताए । टिसर्ट नपाएका किसानले समेत कार्यक्रमको बिरोध गरेका थिए ।

अर्का किसान महेश गिरीले विपन्न किसानलाई अहिले मलखाद, बिउबिजन छैन, समयमै मनसुन नआउँदा लगाएको खेती पनि नष्ट भयो, भएको जमिन बाँझै छ, त्यतातिर ध्यान भन्दा पनि दिवसका नाममा फजुल रकम विनियोजन गरेर दोहन गर्ने कार्य बेलडाँडीका किसानका लागि घात भएको बताउँछन । किसानको पिरमर्का बुझ्ने जनप्रतिनिधीले पनि कर्मचारीले बजेट दोहनमा साँक्षी बसेका छन ।

कहिल्यै खेतमा नजाने टाईसुट लगाएर दिवसका दिन फोटोसुट गर्ने कार्य देखावट नाटक मात्रै भएको स्थानीयको भनाई छ । यसरी न कृषिमा न क्रान्ति हुन्छ, न विकास केबल बजेट दोहन गरेर भ्रष्टाचार मात्रै हुने गरेको स्थानीय किसानको बुझाई छ ।

धान दिवसमा समेत केही जनप्रतिनिधी असन्तुष्ट रहेका छन । लाखौँ रकम खर्च गरेर टिसर्ट पनि खोसासोस, संस्कार संस्कृति विपरित खसी काटेर खाने प्रचलन गलत भएको टिप्पणी गरेका छन ।

बेलडाँडी ३ का अध्यक्ष दुर्गा चौधरीले आफु कार्यक्रममा उपस्थिति नभएकाले बताउँदै सुने अनुरुप खसी काटेर खाएका रहेछन । ‘बजेट एक लाख थियो, खसी काटेर खाँदा बढि हुन्छ, ‘उनले भने, ‘अब कहाँबाट म्यानेज गर्नेहुन ।’

सबैभन्दा बढि किसान मारमा रहेको वडा बेलडाँडी ५ का वडाध्यक्ष ईन्द्र खडकाले टिसर्ट कुनैपनि जनप्रतिनिधीले नलगेको बताए । यो विषयमा कृषि शाखाले जवाफ दिनुपर्ने बताए ।

वास्तविक रुपमा किसानका सबै समस्या समाधान भएको अवस्थामा दिवस मनाउनु राम्रो भएको तर, किसानका आधारभूत समस्या समाधान नहुँदा दिवस मनाउनु अर्थहिन भएको बताउँछन ।

जिल्लाको सबैभन्दा कम जनसख्या भूगोल र मतदाता भएको पालिकाले यसरी दिवस मनाउन लाखौँ रकम खर्चिएको छ । जिल्लामा ९ पालिका, १ कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना छन ।

दिवसका नाममा कमिसनदेखि वाद विवाद फजुल खर्च गर्ने कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत चुपचास बसेको छ । किसानलाई मलको हाहाकार, अनेकन समस्याको थिचिएका बेला सरकारी कृषिसंग सम्बन्धीत कार्यालयले फर्जुल खर्च संस्थागत भ्रष्टाचारको नमुना हुने नागरिक समाजको बुझाई छ ।

औपचारिकतामा दिवस मनाउने भन्दा कृषि किसानका वास्तविक समस्या पहिचान गरेर आम किसानका समस्या हल गर्दै कृषिजन्य पदार्थको उत्पादनमा बृद्धि गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

टिसर्ट खरिद, छपाई एव दिवसका नाममा हुने खर्चमा कमिसनको खेल हुने भएकाले अख्तियारले त्यस तर्फ समेत ध्यान दिनुपर्नेमा किसान अगुवाको सुझाव छ ।

धान दिवसमा नाममा फजुल खर्च गर्ने कार्य, विवाद भएको पालिका र कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख राम बहादुर कुरुवाङ्गले दिवसमा नाममा भईरहेको बेथितिलाई नियन्त्रण एव सचेत गराउने कतै भ्रष्टाचार भएको कार्बाही गरिने बताए ।

‘११महिनामा हामीले बाह्यबाट ४५ अर्बको चामल आयात गरेका छौँ, ‘उनले भने, ‘दिवसमा नाममा हुने संस्थागत भ्रष्टाचार र बेथिति रोक्न कार्य अघि बढाउँछौँ ।’ कञ्चनपुर खबरबाट

प्रतिक्रिया दिनुस