कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि शनिबार निर्वाचन हृँदैछ ।

वाणिज्य संघको नेतृत्वका लागि गणेश दत्त जोशी र पिताम्बर जोशी दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन ।

यस अघि पनि वाणिज्य संघको नेतृत्व सम्हालिसकेका जोशी पुन अध्यक्षमा देखिएका छन । बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी बरिष्ठ उपाध्यक्ष हुदै अध्यक्षमा देखिएका छन । वाणिज्य संघको नेतृत्व सम्हालिसकेका गणेश दत्त जोशीले आफु पुर्व अध्यक्ष एव पदाधिकारीको साथ सर्मथनमा अध्यक्षमा देखिएको बताएका छन ।

उनले आफुलाई अधिकाँस पुर्व अध्यक्ष एव पदाधिकारी र सदस्यको साथ सर्मथन रहेको बताएका छन । यस अघिको कार्यकालमा अध्यक्ष हृुँदा गणेश जोशीले बनबासा पुल खुलाउने अवधि बृद्धि गराउने, झिलमिला पर्यटकीय क्षेत्रमा सडक विस्तारमा समेत भूमिका निर्वाह गरेकाथिए । कञ्चनपुरको आर्थिक विकास र व्यवसायीको हकहितका लागि गणेश नेतृत्वमा थुप्रै काम भएका थिए । उनले केही अधुरा काम पुरा गर्नका लागि आफु पुन नेतृत्वमा आएको बताएका छन । वाणिज्य संघ अध्यक्ष पदका प्रत्यासी गणेश दत्त जोशीले आम उद्योगी व्यवसायीका हकहितका साथै दोधाराचाँदनीमा बन्ने सुख्खा बन्दरगाह, दैजी औद्योगिक क्षेत्रको काम अघि बढाएर आर्थिक विकास गर्ने।, ब्रम्हदेब क्षेत्रमा धार्मिक पर्यटकीय सर्किट बनाउने, बेलौरीमा एजेण्डा जोशीले कञ्चनपुरको आर्थिक विकासका लागि भारतसंग सिधै कनेक्टिभिटीका लागि सुख्खा बन्दरगाह निर्माण गर्ने बताए । ‘मैले वाणिज्य संघ कञ्चनपुरको नेतृत्व लिदा बनबासा पुल खुल्ने अवधि बढाएको थिए, ‘उनले भने, ‘महाकाली नदीमा पुल निर्माणसंगै सिधै भारतसंगको व्यापार बृद्धिका लागि पहल गर्छु ।’

खानदानबाटै व्यवसायमा रहेका जोशी परिवार २५ बर्षकै उमेरदेखि व्यवसायमा जुटेका थिए । उनले आफुले जिल्लाकै आर्थिक विकास सम्बृद्धि एव आम व्यवसायीका हकहितका लागि नेतृत्व लिन लागेको बताए । केही पुर्व अध्यक्ष एव बरिष्ठ उद्योगी व्यवसायीले वाणिज्य संघमा गणेश जोशी बलिया र जित नजिक रहेको बताईरहेका छन । कञ्चनपुरका बरिष्ठ व्यवसायी समेत रहेका निरन्जन प्रशाद भट्टले गणेश जोशी जित नजिक रहेको दावि गरे । ‘यस अघि पनि नेतृत्व गरिसकेका फेरी अधुरा योजना र आम व्यवसायीको हकहितका लागि काम गर्ने गणेश जोशीमा क्षमता छ, ‘उनले भने, ‘जिल्लाभरीकै उद्योगी व्यवसायीसंग भेटघाट एव छलफल गर्दा वहाँकै पक्षमा वातावरण देखियो, जित सुनिश्चित छ ।’ समाजसेवी समेतरहेका भट्टले केही पुर्व अध्यक्ष, पदाधिकारी सदस्य सहितका उद्योगी व्यवसायी गणेश जोशीको पक्षमा खुलेरै चुनावी मैदानमा उत्रिएर मत मागिरहेको बताए ।

प्रतिक्रिया दिनुस