कञ्चनपुर, असार,२४ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलालीको धनगढीमा सञ्चालनमा रहेका निजी अस्पतालहरुले स्वीकृत पाएको भन्दा बढि बेड सञ्चालन गरेको भन्दै गुनासो गर्न थालिएको छ ।

निजी अस्पतालहरुले सरकारसंग कर छली गर्न कम बेडको अनुमति लिने बढि बेड सञ्चालनमा ल्याइएको पाइएको भन्दै गुनासो गर्न थालिएको हो ।

कैलालीको धनगढीमा रहेको एक निजी अस्पतालका सञ्चालकले नाम नबताउने शर्तमा धनगढीमा धेरै जसो निजी अस्पतालहरुले अनुमति पाएको भन्दा बढि बेड सञ्चालनमा ल्याएका बताउनुभयो ।

सरकार तथा अन्य सरोकारवालाहरुले भने त्यतातिर ध्यान जान नसकेको भन्दै आलोचना हुन थालेको छ । सरकारसंग कर छली गर्नकै लागि यसरी अनुमति पाएको भन्दा बढि बेड सञ्चालन गर्नु गलत भएको र त्यस्ता अस्पतालहरुलाई कार्बाहीको दायरामा ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

साथै नियमनकारी निकायको रुपमा रहेको सरकारले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने र अनुमति भन्दा बढि बेड सञ्चालन गरेका निजी अस्पतालहरुलाई कि त अनुमति थप बेडको पनि लिन लगाउनु पर्ने नभए यसअघि दिइएको अनुमति समेत खारेज गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुस