कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड ७ मा हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राति शुक्लाफाँटा नगरपालिका वार्ड ७ मा अन्दाजी बर्ष १७ कि मिना जोशीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको हो ।

घर नजिकै जंगली हात्ती बथान आएर आक्रमण गर्दा १७ बर्षिया बालिकाको मिना जोशीको मृत्यु भएको हो ।

जंगली हात्ती बथान आएर आक्रमण गर्दा १७ बर्षिया बालिकाको मिना जोशीको मृत्यु भएको शुक्लाफाँटा नगरपालिका वार्ड ८ का वार्ड अध्यक्ष बहादुर सिह महराले बताए । राति भएको र  पानी धेरै परेकोले थप विवरण आउन बाकिँ रहेको वार्ड अध्यक्ष बहादुर सिह महराले बताए । जिल्ला प्रहरी कार्यालका अनुसार इप्रका झलारीको प्रहरी टोली घटना स्थलमा गएको जानकारी दिनुभयो । घटनाको थप बिवरण आउन बाकिँ रहेको छ ।

प्रतिक्रिया दिनुस