कञ्चनपुर । नेकपा एकीकृत समाजवादीले सुप प्रदेशका उपसचिव तारालामा तामाङ्गलाई कार्बाही गरेको छ ।

प्रदेश सभा सदस्य समेत रहेका समाजवादी सुप प्रदेशमा उपसचिव तामाङ्गलाई मंगलबार उक्त पार्टीले कार्बाही गरेको हो ।

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटिले तामाङ्गलाई कार्बाही गरेको जनाएको छ । समाजवादीले एक प्रेस विज्ञप्ती जारी गर्दै पदिय जिम्मेबारी बिरुद्धमा भदौँ १३ गते प्रदेश सभा बैठकमा विशेष समयलिदै अब उपरान्त समाजवादी नरहेको र जुन चुनाव चिन्हबाट लडे त्यही पार्टीको रहेको भन्दै दिएको अभिव्यक्ति बिरुद्धमा समाजवादीले कार्बाही गरेको जनाएकोछ । तामाङ्गलाई प्रदेश उपसचिको पदमा नरहनेगरी कार्बाही गरिएको छ । केन्द्रीय कमिटिको हकमा साधारण सदस्य समेत नरहने गरी सिफारिस गरिएको छ । एमाले प्रवेस गर्ने अघिल्लो दिन समाजवादीले तामाङ्गलाई कार्बाही गरेको छ । केही महिनादेखि तामाङ्ग पार्टीको काममा निष्कृय रहेको भन्दै समाजवादीका नेताहरुले उतिबेला एमाले फुटाएर मन्त्री हत्याउन समाजवादीमा आएको र मन्त्रीबाट हटाएको झोकमा अब एमालेमा केन्द्रीय संसदका लागि प्रवेस गर्न लागेको आरोप लगाएका छन ।

अहिले एमसीसी, माओवादीसंग पार्टी मिल्न लागेको कथित आरोप लगाउँदै तामाङ्गले पार्टी परित्याग गर्न लागेको विषयमा समाजवादीका नेताहरुले माओवादीकै बैशाखी टेकेर संसददेखि मन्त्री भएको भन्दै अहिले उतातिर बम्पर उपहार स्वरुप संसद दिने भएपछि जान लागेको भन्दै यस्ता अवसरवादी नेताहरुलाई जनताले समेत चिनिसकेको बताएका छन ।

स्थानीय चुनावमा समेत पुर्नवासमा जिवन थापा सहितका जनप्रतिनिधी हराउनका भूमिका निर्वाह गरेको भन्दै तामाङ्गमाथि आरोपछ । राजनीतिक दल नेता कार्यकर्तामा समान्य न्यूनतम राजनीतिक नैतिकता नहुँदा जता गुलियो उतै भुलियो भन्दै टिकाटिप्पणी गरिरहेका छन । कतिपय नेताहरुले एमाले छियाछिया हुँदा बिर ब. थापा(पातल) एमाले बचाउन सतिशाल झै लागेपनि अहिले एमालेमा तारा फर्किएर पातल सहितका नेताहरु खेम सुवेदी, रामचन्द्र नेपाल सहितका अधिकार थरका नेताहरुको पालो खोस्न लागेको समेत गाईगुई  टिकाटिप्पणी चलिरहेको छ । एमालेकै फर्किनु थियो त, उतिबेला हामीलाई उस्काउनेदेखि पाटी फुटाउन भूमिका किन खेलेको भन्दै उनीमाथि प्रशनै प्रशन बर्सिरहेका छन । देश बनाउँछु भन्नेहरु दलका नेता कार्यकर्ता छिनै यो पार्टी छिनमै उपार्टी चहार्दा नागरिक समेतको दल र तिनका नेताहरुको विश्वास गुमिरहेको छ ।

प्रतिक्रिया दिनुस