भूवन भट्ट
महेन्द्रनगर भदौ १७ , कक्षा १२ को पुरक परीक्षा यहि भदौ २२ र २३ गते हुने भएको छ । परीक्षा भदौ २२ र २३ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने शिक्षा बिकास तथा समन्वय एकाई कञ्चनपुरले जानकारी दिएको हो । दुइटा विषयमा मात्रै ग्रेड वृद्धिका लागि विद्यार्थीले परीक्षा दिन पाउने छन् । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले दिन सक्नेछन् । त्यस्तै, दुई विषयमा परीक्षा दिनेहरूका लागि भने पहिलो दिन सानो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ भने दोस्रो दिन ठूलो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ ।
ग्रेड वृद्धिका परीक्षा दिने परीक्षार्थीहरूले विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई विद्यालयमार्फत भदौ ५ गतेसम्म फारम बुझाइएको हुनुपर्ने छ । त्यस्तै, विद्यार्थीहरूले प्रति विषय ६ सयको दरले भदौ २ गतेभित्रसम्म बुझाइसकेको भौचर हुनुपर्नेछ ।
ग्रेड वृद्धिका लागि परीक्षार्थीहरूले अन्य सबै विषयमा सि प्लस वा सोभन्दा माथि ग्रेड आएर बाँकी दुई विषयमा मात्र सि वा डि प्लस आएमा परीक्षा दिन पाउने छन् । साथै, कुनै एक वा दुई विषयमा अनुपस्थित भएकाहरूले पनि सोही दिन परीक्षा हुनेछ । परीक्षाफल रद्द भएका विद्यार्थीहरूले भने ग्रेड वृद्धि परीक्षामा समेल हुन पाउने छैनन् । शैक्षिक योग्यता प्रमाण पत्र लिइसकेकाहरूले सो परीक्षामा सामेल हुन पाउने छैनन् ।
परीक्षार्थीका लागि महेन्द्रनगरका ७ विद्यालयमा परीक्षा केन्द्र तोकिएको साखा अधिकृत रुपराम तिरुवाले जानकारी दिए । महेन्द्रनगर मा.वी,सान्ती निकेतन मा.वि., जानकि कन्या मावि, वैजनाथ मा.वि.,भृकृटी मा.वि, निग्लासैनी मावि.र रेडियन्ट माविमा परीक्षा केन्द्र तोकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुस