महेन्द्रनगर भदौ १७ ,कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा गणेश भगवान्को मुर्ती स्थापना गरिएको छ । आज नागरिक सरोकार समुहको पहलमा अस्पताल परिसर अगाडी गणेश भगवानको मुर्ती सोमबार अनावरण गरिएको हो ।महेन्द्रनगरको भगतपुर नेपाली सेनाको २५ नम्बर बाहिनीपती शंकर बहादुर पण्डीतले मुर्तीको अनावरण गरे ।नागरिक सरोकार समुह सदस्य उत्तम विष्टले विभिन्न दाताको सहयोगमा मुर्ती स्थापना गरिएको बताए ।

मुर्ती निर्माणमा नेपालि सेना, महेन्द्रनगरका स्थानीय व्यापारि, समाजसेवि लगायतले सहयोगको उनको भनाई छ । अस्पताल परिसरमा राखिएको मुर्ती आर्दश खानेपानि तथा सरसफाई समिति भाँसीले समुहलाई प्रदान गरेको हो ।साथै मुर्ती वरिपारि खुस्ब नर्सरीको सहयोगमा सरोकार समुहले फुलबारी समेत लगाएको छ । त्यस्तै श्री गणेश सुख,शान्ती र सु–स्वास्थ्यको प्रतिक भएको अस्पतालमा मुर्ती राखिएको नागरिक सरोकार समुहका संयोजक लिलाध्वज बस्नेतले बताए ।

उनले हरेक नयाँ कुराको थालनी गणेश भगवानको पुजापछि गरिने बताउँदै ‘महाकाली अस्पताल सुधारका लागि नागरिक स्तरबाट पहल गरिहरको छौँ, त्यसैको सुभारम्भ पनि हो’ उनले भने । नागरिक सरोकार समुहले पछिल्लो एक वर्ष यता देखि निरन्तर अस्पताल सुधारको कार्य गर्दै आएको छ ।

मुर्ती अनावरण कार्यक्रममा महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष कृष्णदक्त जोशी लगायत, समाजसेवि, स्थानीयको सहभागीता रहेको थियो । मुर्ती अनावरण पछि अस्पतालका बिरामीलाई फलफुल र मिठाई समेत बाँडिएको छ ।

प्रतिक्रिया दिनुस