कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनभावना विपरित संविधान कुल्चिने काम भएको बताउनुभएको छ ।

मंगलबार प्रेस सेन्टर नेपाल कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले स्रंविधान उलघन गरेर देशलाई प्रतिगमनमा लैजाने काम भएको बताएका हुन । संविधान मिचेर अहिलेसम्मका उपलब्धी खेर हाल्दै मुलुकलाई प्रतिगमन तर्फ डो¥याउनबाट पुन बर्तमान गठबन्धनको आवश्यकता परेको प्रचण्डको भनाई थियो ।

‘हामीले प्रस्ताव परेका प्रधानमन्त्री ओलीबाट संविधान उलङघन भयो, ‘अध्यक्ष प्रचण्डले भने, ‘एक पटक होईन दुई दुई पटक, संविधान कुल्चिने काम भयो ।’

पाँच बर्षसम्म सोचे अनुरुप कुनैपनि उपलब्धी नभएको भन्दै अध्यक्ष प्रचण्डले अब भावि निर्वाचनबाट नयाँ जनादेश लिएर देशलाई समाजवाद तर्फ उन्मुख गराउनुुपर्नेमा जोडदिए ।

गठबन्धनविच सिट वितरण, संघ, प्रदेश क्षेत्र एकै पटक टुङगो लगाउनुपर्ने बताउँदै एक दुई दिन भित्रै टुङग्याईने बताए । आगामी निर्वाचनमा गठबन्धन गरेर जाने पाँच दलिय गठबन्धनविच सहमती भएको बताउदै अध्यक्ष प्रचण्डले सबै दलविच सिट वितरणमा टुङग्यो लगाईने बताए ।

अध्यक्ष प्रचण्डले प्रदेश र संघको निर्वाचन सफलतापुर्वक सम्पन्न गर्नका लागि सबै जुट्नुपर्नेमा आब्हान गर्दै मुलुकलाई चुनावमयी बनाउनुपर्नेमा जोडदिए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकार निर्वाचनसम्मै रहीरहने बताउदै संसद नलम्ब्याईने समेत स्पष्ट पारेका छन । अध्यक्ष प्रचण्डले पार्टीमा आउने जाने क्रम चलिरहने समेत बताए । प्रचण्डले आगामी ४ मंसिरमा हुने निर्वाचन सफल पार्नका लागि नेता कार्यकर्तामा समेत आब्हान गरेका छन । आज धनगढीमा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागि हुन धनगढी आएका प्रचण्डले अब पार्टीका कार्यक्रम अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुस