कञ्चनपुर भाद्र २० ,महेन्द्रनगरको ब्रिक्सटन कलेज व्यवस्थापन संकायको बिबिएका लागि यस क्षेत्रकै उत्कृष्ट कलेजका रुपमा स्थापित हुदै गएको छ । सन् २००९ देखि सञ्चालनमा आएको ब्रिक्सटन कलेज व्यवस्थापन संकायको बिबिएको लागि जिल्लाकै एक नमूना विद्यालयका रुपमा रहेको छ ।पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्रिक्सटन कलेज बिबिएका लागि यस क्षेत्रका विद्यार्थीको लागि प्रमुख रोजाइमा पर्ने गरेको छ । पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त कलेजमा स्नातक तहको व्यवस्थापन संकायको पढाइ हुन्छ ।

ब्रिक्सटन कलेजले एक दशकमै यहाँको शैक्षिक क्षेत्रमा उदाहरणीय फड्को पारेको छ । स्थापनाकालमा केही विद्यार्थीबाट कक्षा सञ्चालन भएको कलेजमा हाल विद्यार्थीको लर्को लागेको छ ।

कलेजले व्यवस्थापन संकाय अन्तर्गत विभिन्न नयाँ नयाँ कार्यक्रम प्रस्तुत गरिरहेको कलेज प्रशासनले जनाएको छ । साथै कलेजले हरेक बर्ष उत्कृष्ट नतिजा समेत प्राप्त गर्न सफल भएको छ ।

विद्यार्थीको एक समुहबाट कक्षा सञ्चालन गरेको कलेजमा हाल दुई सय पचास विद्यार्थी अध्ययनरत रहेका छन् । कलेजमा अध्ययन गरेका अधिकाँस विद्यार्थीहरुले जागिर प्राप्त गरेका छन् ।

कलेजबाट उर्तिण भएर गएका विद्यार्थीमध्ये झण्डै ७७ प्रतिशतले बजारमा आफ्नै व्यवसाय तथा जागिर गरिरहेका छन् भने बाँकीले अगामी पढाइ गरिरहेको कलेजले जनाएको छ ।

कलेजले विद्यार्थीका लागि विभिन्न नयाँ नयाँ कार्यक्रम सञ्चालन गरेको छ । व्यक्तिगत विकास तथा प्रतिभा तथा योग्यताको विकासमा सर्वोपरि भुमिका खेल्ने गरी शिक्षा प्रदान गर्ने गरेको कलेजकी प्रिन्सिपल निशा भट्टले बताइन । ‘किताबी ज्ञान भन्दा पनि प्रयोगात्मक शिक्षामा जोड दिन्छौँ । यो नै हाम्रो बिशेषता हो ।’ उनले भनिन् ।

भौतिक तथा विभिन्न सुविधाले सम्पन्न महेन्द्रनगरको मुटुमा रहेको कलेजको वातावरण नै किताबी ज्ञान भन्दा प्रयोगात्मक तथा व्यवसायीक ज्ञान प्रदान गरेर एउटा सवल र दक्ष जनशक्ति उत्पादन गर्नु हो ।

‘व्यक्तित्व विकास र पेसागत विकासमा ब्रिक्सटन कलेज केन्द्रीत छ । ‘विद्यार्थीहरुले भर्ना हुँदाका बखत व्यक्तित्व विकास र पेसागत विकास त्यो नियाल्नु जरुरी छ ।’ प्रिन्सिपल भट्टले भनिन्, ‘ चार बर्ष अध्ययन गरेर व्यवहारिक शिक्षा कहाँ पाइन्छ त्यो हेरेर भर्ना हुनु पर्छन ।’

यस कलेजबाट उत्तिर्ण विद्याथीसंग कलेजको सर्टिफिकेटमात्र नभएर आफनो व्यवसायमा प्रयोग हुने ज्ञान पनि आर्जन गर्ने उनको कथन छ ।

यस कलेजका विद्यार्थिले नियमित शिक्षाका साथसाथै, व्यक्तिगत स्वतन्त्रता, नैतिकता, तथा स्वाभिमानको पनि सिक्ने पनि उनले बताइन । पोखरा विश्वविद्यालय अन्तर्गतको यस कलेजले अहिलको समय सुहाउँदो प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने तथा प्रत्येक विद्यार्थी एउटा साधारण विद्यार्थीमात्र नभएर एउटा सिगो जीवन उपयोगी शिक्षाको प्राप्तिको लागी लागेको एउटा सिगो संस्थाझै व्यवहार गरिने पनि उनले दावी गरिन् ।

कलेजले नमूना कार्यका रुपमा खोज गर्नका लागि विद्यार्थीलाई झण्डै दश हजारसम्मको सहयोग प्रदान गरेर खोज अनुसन्धानमा समेत लगाउने गरेको छ ।

कलेज रहेका विभिन्न चार क्लवहरुले आफ्नो आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । लामो अनुभव प्राप्त दक्ष शिक्षकहरुको टिमबाट सञ्चालित ब्रिक्सटन कलेजले सन् २०१७ मा अन्तराष्ट्रिय को आयोजना गरेको थियो ।

विश्वविद्यालय ‘टपर’

ब्रिक्सटन कलेजले हरेक बर्ष उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ । यस बर्ष समेत उक्त कलेजबाट स्नातक तहको परीक्षामा सम्मिलित एक जना छात्राले विश्वविद्यालयमा नै उत्कृष्ट नतिजा प्राप्त गरेकी छिन् ।

महेन्द्रनगरकी चन्द्रा साउँद पोखरा विश्वविद्यालय ‘टपर’ भएकी हुन । उनले जिपिए ४ प्राप्त गरेकी छिन् । कलेजको सातौँ ब्याचमा अध्ययनरत साउँद पोखरा विश्वविद्यालय टपर भएकी हुन ।

यस्तै यस बर्ष ब्रिक्सटन कलेजबाट सम्मिलित सातौँ ब्याचका विद्यार्थीमध्ये ८३ प्रतिशत विद्यार्थी उर्तिण हुन सफल भएका छन् । जुन विश्वविद्यालयको अन्तर्गतको उत्कृष्ट नतिजा हो । कलेजबाट सम्मिलित २९ जना विद्यार्थीहरुले नै उत्कृष्ट नतिजा पाएका छन् ।

कलजेकी एक विद्यार्थीले विश्वविद्यालय टप गरेको र अन्य विद्यार्थीले समेत उत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल भट्टले बताइन । अन्य विद्यार्थीहरुले समेत जिपिए ३ भन्दा बढि ल्याएको उनले जनाइन ।

आकर्षक छात्रवृत्ति

कलेजले जेहेन्दार विद्यार्थीलाई आकर्षक छात्रवृत्ति समेत वितरण गर्ने गरेको छ । जेहेन्दार विद्यार्थीमध्ये केहीलाई पुरै छुट र केहीलाई आंशिक छात्रवृत्ति वितरण गर्ने गरेको कलेजले जनाएको छ ।

‘प्लस टूमा उत्कृष्ट नतिजा ल्याउनेमध्येका दुई जनालाइ १०० प्रतिशत छात्रवृत्ति र केहीलाई ५० प्रतिशत छात्रवृत्ति दिने गरिएको छ ।’ प्रिन्सिपल भट्टले भनिन् ।

यस्तै प्रत्येक सेमेष्टरमा प्रथम, द्धितिय र तृतिय हुनेलाई समेत छात्रवृत्ति दिने गरिएको छ । शैक्षिक उपलब्धी अनुसारको छात्रवृत्ति विद्यार्थीलाई प्रदान गर्ने गरिएको छ ।

यस शैक्षिक सत्रको लागि बिबिए पहिलो सेमेष्टरमा भर्ना जारी रहेको कलेज प्रशासनले जनाएको छ । भाद्र २७ गते प्रवेश परीक्षा तोकिएको छ ।

कलेजका नयाँ कार्यक्रम

कलेज विभिन्न नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने योजना बुनेको छ । व्यवस्थापन संकायको बिबिए मात्र पढाइ हुने कलेजमा निकट भविष्यमा बिएचएम तथा एमबिए कार्यक्रमको तयारी गरिएको कलेजले जनाएको छ ।

यस्तै विद्यार्थीलाई प्रोत्साहनका लागि महेन्द्रनगरमा पहिलो पटक ‘बि।टक’ को कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्रिन्सिपल भट्ट बताउँछिन् । उनका अनुसार उक्त कार्यक्रममा विभिन्न संघर्षशिल व्यक्तिहरुलाई विद्यार्थीमाझ राखेर उनिहरुको सघर्षको गाथा प्रस्तुत गरेर यस क्षेत्रमा कसरी अगाडि बढ्ने किसिमले प्रोत्साहनको कार्यक्रम रादिने छ ।

नेपालभरका विभिन्न व्यवस्थापन संकाय तर्फका संघर्षका गाथा संघर्षशील व्यक्तिहरुबाट नै राखेर विद्यार्थीलाई प्रोत्साहन तथा सिकाइप्रति उत्प्रेरित बनाउने तवरले तत्काल नै बि।टकको कार्यक्रम सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुस