विरेन्द्र शाह
नेपालको राजनितिक आन्दोलनमा दलहरु माथिको प्रतिबन्धहरु लाई हेर्दा राणाहरुका विरुद्धको संघर्षमा नेपाली काङ्ग्रेस माथी प्रतिबन्ध , राजा महेन्द्रको कु पश्चात राजनीति दलहरु माथीको प्रतिबन्ध , कम्युनिस्ट पार्टी माथिहरुको प्रतिबन्ध , १० वर्षको जनयुद्धताका माओवादीहरु माथी आतंकवादी घोषणा सहितको प्रतिबन्धित र हाल आएर कथित कम्युनिस्टको सरकार द्वारा हाम्रो पार्टी ने.क.पा. माथीको प्रतिबन्ध लगाएको छ । नेपालमा राजनिती दलहरु माथीको प्रतिबन्ध कुनै नौलो विषय होईन तर इतिहासमा कुनै दिन जनताको अधिकारका लागि लडदा आफै प्रतिबन्धित भएका दलहरु र मान्छेहरु बाट नै जनताको अधिकारको माग गर्दै संघर्ष गरिरहेको दल माथी प्रतिबन्ध लगाईएको छ । कथित संघीय लोकतान्त्रिक गणतन्त्रको आवरण र नारामा दलालहरुले मौजमस्ती गर्दै जनताको रगत र पसिना माथी लुट मच्चाईरहेका छ्न । आफ्ना सबै कुकर्म र कुकार्यको ढाकछोप गर्न , जनताको ध्यान विकेन्द्रीत गर्न र साथै विचार , सिद्धान्त र कम्युनिस्ट आदर्शको राजनिती बाट च्युत भई विचार र सिद्धान्तमा प्रतिस्पर्धा गर्न नसक्दा ने.क.पा.माथिको प्रतिबन्ध लगाएर आफ्नो वास्तविक रुप देखाएका छ्न ।
हाम्रो पार्टी माथी लगाएको प्रतिबन्धको समयावधि हेर्दा झन्डै ०६ महिना पुग्न लाग्यो केपि ओलिले प्रतिबन्ध लगाएको एक महिना भित्र नै नियन्त्रण गरि सक्ने कुरा निरन्तर बोलिरहे त्यो सङ्गै असाध्यै नानाथरीका तुच्छ टिप्पणी गरे तर हामी न्याय , समानता ,स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको यात्रा अविचलित अगाडी बढीरहेका छौ । प्रतिबन्ध नेपालको राजनितिमा नौलो थिएन तर ती सबै विषयहरू कथित कम्युनिस्ट नेतृत्वको सरकार र कथित लोकतन्त्र र गणतन्त्रको आवरणमा थियो फरक यति नै हो । प्रतिबन्ध पश्चात नेपालको राजनितिमा एउटा तरंग सिर्जना भयो सबै क्षेत्र बाट त्यसको विरोध भयो नेपालका वामपन्थी बुद्धिजीवीहरु , देशभक्त नेपाली नागरिकहरु , सच्चा लोकतन्त्र र गणतन्त्रवादीहरु र केही विदेशी क्रान्तिकारी मित्र शक्तिहरुले समेत ओलिबादल कम्पनीको निर्णयको विरोध गरे जसबाट केपिपिके कम्पनीले दुईतिहाईको दम्भमा लगाईएको प्रतिबन्ध आफै लाई निल्नु न ओक्ल्नु भयो । प्रतिबन्ध पछि हामी भित्र पनि एउटा तरंग पैदा भयो हामिले हाम्रो मनोबल लाई उच्च बनायौ र हाम्रो लागि त्यो कुनै अनौठो र अत्त्यास लाग्दो विषय पनि थिएन किनकी क्रान्तिको प्रक्रियामा ढिलो या चाडो राज्यमा लुट मच्चाउदै शासन गरिरहेकाहरुले हामी प्रतिबन्ध लगाउने नै थिए। प्रतिबन्ध पछि राज्यद्वारा व्यापक दमन गर्ने ,पार्टी सम्बध नेताकार्यकर्ता र शुभचिन्तकहरुको नाममा झुठो मुद्दा दर्ता गरि गिरफ्तार गर्ने , यातना दिने , आत्मसमर्पण गर्न बाध्य बनाउने शृङ्खला अगाडि बढयो र अहिलेसम्म चलिरहेको छ जस अन्तर्गत सयौं नेताकार्यकर्ता जेल र हिरासतमा राज्यद्वारा बन्दी बनाईएका छ्न ।
भोजपुरमा तिर्थ घिमिरे र सर्लाहीमा कुमार पौडेल लाई गिरफ्तार गरि निर्ममतापुर्वक हत्या गरियो साथै मा नीर कुमार प्रतिरोध गर्दा सहिद हुनु भयो । काठमाडौमा नेपाल बन्दको पुर्वसन्ध्यामा वैशाख १२ गते चार जना साथिहरु महान , निरन्तर , प्रज्वल , दिपेन्द्रको सहादत भयो र पछि उपचारको क्रममा अर्को कमरेड रामकुमारको सहादत भयो , धनगढीमा कमरेड राम सिंहको सहादत भयो । कमरेडहरुको सहादतले हामीलाई असाध्यै भावविह्वल बनायो तरपनि हामिसङ्ग क्रान्ती र संघर्षको निर्ममता लाई स्विकारनुको विकल्प थिएन । कमरेडहरुको सहादतले क्रान्ति प्रतिको प्रतिबद्धता अझै दरिलो र कसिलो बन्यो त्यो सङ्गै अविचलित भई अगाडि बढिरहने प्रेरणा मिल्यो र हामी निरन्तर अगाडी बढी रहेका छौ । प्रतिबन्ध पछि राज्य द्वारा पन्चायतमा समेत नभएका हर्कतहरु भए हाम्रो सङ्गठन अखिल क्रान्तिकारी का विद्यार्थी नेताहरु माथीको दमन धरपकड समेत तिव्र रुपमा अगाडी बढयो कक्षाकोठा बाट विद्यार्थीहरु गिरफ्तार गरिए , परीक्षाकक्ष बाट गिरफ्तार गरिए , सल्यानमा कक्षा ०९ मा पढने चौध वर्षका पुष्कर सुनार गिरफ्तार भए त्यो सङ्गै संगठनका जिल्ला देखि केन्द्रिय स्तर सम्मका विद्यार्थीनेता कमरेडहरु गिरफ्तार हुनुभयो केही अहिले पनि जेल र हिरासतमा हुनुहुन्छ । जसका विरुद्धमा हाम्रो सङ्गठनले विभिन्न संघर्षहरु पनि गर्यौ । प्रतिबन्धकै बिचमा कम्युनिस्ट विद्यार्थी अभियान ०२ दुई संचालन गरेका छौ अभियानकै विचमा विभिन्न जिल्लाहरुमा पुग्दा एउटा नयाँ अनुभुती भएको छ । राज्यको लुटखसोट र भ्रष्टाचार प्रती युवाविद्यार्थी र आमजनताको आक्रोश असाध्यै बढेको छ । सरकारी पार्टी भित्र पनि लाभको पदमा भएका पार्टीको नेताकार्यकर्ता बाहेक अरु कोईपनी सन्तुष्ट छैनन । दलालहरु लाई चुनावताका भोट माग्नै ठिक्क हुन्छ जितेपछि आफ्नै मौजमस्तीमा व्यस्त हुन्छ्न । जलस्रोतमा विश्वकै दोश्रो धनी देश भएपनि गाउँबस्तीमा पुग्दा जनताको जीवन अझैपनि अध्यरोमा छ । पहाडी क्षेत्रका सडकहरु हेर्दा असाध्यै साघुरो छ्न , ठाँउठाँउमा भत्किएका छ्न र सडक दुर्घटनामा परि दिनानुदिन नागरिकले ज्यान गुमाउनु परेको छ । कृषि क्षेत्रमा आधुनिकीकरण गर्न नसक्दा झन्डै ८०५ जनता कृषिमा निर्भर भएपनी ६ महिना पुग्ने गरि खान पुग्दैन । गाउँका सरकारी विद्यालय र स्वास्थ्य सस्थाहरुको अवस्था दयनिय छ । आर्थिक अवस्था कमजोर भएकै कारण रोग पालेर मर्ने दिन कुरेर बसेका मानिसहरु पनि गाउँघरमा धेरै छ्न ।
स्थानिय जनप्रतिनिधिको भ्रष्टाचार , आफन्तवाद ,नातावाद र कृपावाद देखेर जनताले तिनिहरु लाई थुक्दै हिडिरहेका छ्न जसले गर्दा नेपालको राजनिती प्रती जनताको वितृष्णा बढेको छ र नयाँ वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बोध गरिरहेका छन । जनताको हामी प्रतिको माया ,सदभाव र विश्वास बढदै गएको छ र प्रचण्डको जसरी धोखा नदिने गरि अगाडी बढन हामिलाई सुझाव सल्लाह दिईरहेका छ्न । यहि बिचमा हामी सहिदपरिवारहरुको घरमा पनि पुग्यौं उहाँहरूले देखाएको स्नेहले क्रान्ति प्रतिको दृढ़ संकल्प अझै कसिलो बनेको छ। प्रतिबन्धकै बिचमा केही डरछेरुवाहरु भागेपनी , आत्मसमर्पण गरेपनीखासमा हाम्रो पार्टीका आदरणीय नेता कमरेडहरु र सहयोद्धा कमरेडहरुले जेल र हिरासतको मोर्चामा देखाएको साहस , क्रान्ति प्रतिको दृढ़ संकल्प र आत्मविश्वासले वर्गवैरीहरु निरुत्साहित भएका छ्न र हामिलाई असाध्यै स्फुर्त ,उत्साहित र प्रतिबद्ध बनाएको छ ।
राज्यले हामिलाई प्रतिबन्ध लगाएको छ तर हामी लाई कुनै प्रवाह छैन । हामी निरन्तर जनताको विचमा छौ जनताको माया र स्नेहमा हुर्किरहेका छौ । महलमा बस्नेहरुले हामिलाई भुमिगत भनेपनी हामी सुकुम्बासी बस्तिमा छौ , जनताको झुपडीमा छौ र महलमा बस्नेहरुले झुपडीमा बस्नेहरुलाई नदेख्नु कुनै अनौठो र अत्त्यास लाग्दो विषय होईन । हामी बेपरवाह कहिले तराईका फाटहरुमा त कहिले सेती , महाकालीका छालहरुमा र कहिले साईपाल र अपिको काखमुनी सयौं पहाडहरु छिचोल्दै अगाडि बढीरहेका छौ र निरन्तर बढिरहने छौ । हामी हाम्रो आदर्शमा , विचार र प्रतिबद्धतामा एक इन्चपनि विचलित हुने छैनौ । हामी हाम्रा सहिदहरुले देखाएको बाटोमा रत्तिभर पनि डगमगाउने छैनौ । बलिदान दिनपरे पनि न्याय , समानता , स्वतन्त्रता र स्वाधीनता यात्रामा हामी अविचलित अगाडी बढदै हामी लडनेछौ , जित्नेछौ र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्दै विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश प्रवाह गर्नेछौ ।