कञ्चनपुर । कञ्चनपुरका दर्जनौँ व्यक्तित्वले नेपाल सेवा प्रणीणबाट विभुषित भएका छन । सोमबार ८ औँ संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार रोशन खडका सहित विभुषित गरेकी छिन ।

बेलडाँडीका स्थानीय समेत रहेका पत्रकार खडका, राससका पत्रकार शेर बहादुर सिह, महाकाली अस्पताल व्यवस्थापन समितिका पुर्व अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), निङलाशैनी उच्च माविका प्रअ भवानी पन्त, प्रजातान्त्रिक सेनानी मदन चन्द, भलिबल प्रशिक्षक जगदिश भट्ट, तेक्वान्डो खेलाडी दिपक विष्ट, रन्तमावि चतहरीका सहायक प्रअ हरि प्रशाद शर्मा, शाखा अधिकृत नरेन्द्र कुमार शर्मा लगायत विभुषित भएका छन । कञ्चनपुरका पत्रकार, खेलाडी, शिक्षा क्षेत्र, प्रजातान्त्रिक सेनानी सहित विभुषित भएकाहरुलाई बधाईको ओईरो छ ।

प्रतिक्रिया दिनुस