कञ्चनपुर । संविधान दिवसको अवसर पारेर कञ्चनपुरका दुई पालिकाले संयुक्त रुपमा दिप प्रज्वलन गरेका छन । सोमबार साँझ बेदकोट र भीमदत्त नगरपालिकाले महेन्द्रनगरमा दिप प्रज्वलन गरेका हुन ।
बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले ऐतिहासिक संविधान दिवसकै दिन दुवै पालिका बेदकोट र भीमलदत्त नगरले संयुक्त रुपमा विपी चोक, दशरथ चोक र संविधान चोकमा दिप प्रज्वलन गर्नुका साथै दिवस मनाएको बताए ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा, बेदकोट नगर प्रमुख भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी, भीमदत्तका कार्यवाहक मेयर केशव विष्ट, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गाेपाल प्रशाल अयाृल, दुवै पालिका वडाध्यक्ष, जनप्रतिनिधी, सुरक्षा निकाय सहित विभिन्न दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । उनीहरुले संविधान कार्यान्वयन गर्र्दै जनतालाई सविधान अनुरुप सेवा सुविधा दिदै जाने प्रतिबद्धता जोहर गरेका छन ।