कञ्चनपुर । आउँदो शनिबार कञ्चनपुरको महेन्द्रनगरमा दार्चुला समाजको भेला हुने भएको छ । शनिबार(असोज ८)ले महेन्द्रनगरमा दार्चुला समाज कञ्चनपुरको भेला हुने भएको हो । दार्चुला समाज कञ्चनपुरको तदर्थ समितिको बैठकबाट जिल्ला भेला तथा दशौँ, तिहारको अवसरमा शुभकामना आदान प्रदान गर्ने निर्णय गरिएको छ ।
दार्चुला समाज कञ्चनपुर तदर्थ समितिका संयोजक भीम बहादुर साउदको अध्यक्षमा बसेको बैठकले बिहान ११ बजेतिर महेन्द्रनगरको भानु पाटीप्यालेसमा भेला तथा शुभकामना आदान प्रदान गर्ने निर्णय भएको हो ।
भेला तथा शुभकाममा आदान प्रदान कार्यक्रममा सहभागिताका लागि दार्चुला समाजले दार्चुला मुल थाले भई कञ्चनपुरभरी बसोबास गर्दै आएका आम दार्चुलाबासीलाई उपस्थितिका लागि आब्हन गरिएको छ । दार्चुला समाज कञ्चनपुरले दार्चुला सहित सुदूरपश्चिमभरी वाढीपहिरोका घटनामा दुख व्यक्त गर्दै पीडितको उद्दार, राहत क्षतिपूर्तिका लागि समेत सरकारको ध्यानाकर्षण गराएको छ ।