१, रङ्ग अङ्ग सङ्ग मिलाई छद्म भेषमा आउन सक्छन् ,
भित्र मनको कालो लुकाई उन्मेषमा आउन सक्छन् ,
दुश्मन खोज्न टाढा जानै पर्दैन यो कलिमा ए साथी,
विरानाहरु बरु साथ दिन अशेषमा आउन सक्छन् ।

म भित्रको मलाई खोज्न रहर लागेको छ,
शरीरलाई आत्माको बाटो जहर लागेको छ,
तैपनि मैले राम्रो सोच्न छोडेकी छैन जिन्दगी,
गाउँ बिगार्न बरु पढेलेखेको शहर लागेको छ ।

कोही ढुङ्गा बन्दा कोहि अड्याउने माटो बन्न सकौं,
हरेक यात्रीको लागि हामी लक्ष्यको बाटो बन्न सकौं,
एकाअर्कालाई सहयोग गरेर अघि बढ्दै जानुपर्छ,
ती अध्यांरा बस्तिहरुको उज्यालो पाटो बन्न सकौं।

बिमला चन्द “सानू”
बैतडी ,हाल :- काठमाडौ

प्रतिक्रिया दिनुस