शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रण बहादुर महराले शिक्षामा सुधार गर्न शिक्षक जिम्मेवार बन्नुपर्ने बताएका छन् ।आइतवार झलारी स्थित कृष्ण माध्यमिक विद्यालयमा नगरभित्र रहेका विभिन्न सामुदायिक विद्यालयहरुले २०७८ सालको आ-आफ्नो विद्यालयको कक्षा १० एसइइको नतिजा विश्लेषण कार्यक्रममा बोल्दै नगर प्रमुख महराले भने,“शिक्षामा सुधार गर्न मुख्यत शिक्षक जिम्मेवार बन्नुपर्छ । शिक्षामा देखिएको समस्याको पहिचान गरी त्यसको समाधान पनि शिक्षकले गर्न सके नगरपालिकाको शिक्षा क्षेत्रमा सुधार आउँछ” ।

 

यद्यपी नगरभित्र रहेका विद्यालयको शिक्षामा गुणस्तर सुधार गर्दै अघि बढ्ने अभियानमा नगरपालिका लागिपरेको उनको भनाई थियो । शिक्षामा सुधारका लागि शिक्षकसंग आवश्यक छलफल गरेर साझा रुपले शिक्षाको गुणस्तर सुधार गर्न सकिने उनले बताए ।

 

अहिले विद्यार्थीहरु निजी विद्यालयतिर गइरहेको बताउँदै उनले सामुदायिक विद्यालयतर्फ विद्यार्थीहरुलाई कसरी आकर्षित गर्न सकिन्छ त्यसतर्फ समेत शिक्षकहरुको ध्यान जान आवश्यक रहेको धारणा राख्नुभयो ।

 

सिद्ध वैजनाथ माध्यमिक विद्यालय वडा नम्बर १ बन्शाहका प्रधानाध्यापक धनसिंह महरा,धर्म जनता माध्यमिक विद्यालय ७ का प्रधानाध्यापक पिताम्बर जोशीले आफ्नो विद्यालयले कक्षा १० एसइइमा विद्यार्थीहरुले ल्याएको नतिजाबारे विश्लेषण गर्नुभएको थियो ।

 

यस्तै सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ढाँटले पनि आफ्नो विद्यालयमा एसइइमा विद्यार्थीहरुले ल्याएको नजिताबारे विश्लेषण गर्नुभएको थियो । विद्यालयमा आवश्यक साधनश्रोत भए राम्रै फड्को मार्ने सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ढाँटले बताए ।

 

कार्यक्रममा नगर प्रमुख रण बहादुर महरा सहित,शिक्षा अधिकृत सुरेश भट्ट,आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापक,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राविधिक सहायक दिपेन्द्र जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुस