कञ्चनपुर । कञ्चनपुरका कट्टर एमाले नेता कार्यकर्ता धमाधम गठबन्धन दलतिर प्रवेस गरिएका छन । कोही माओवादी, कोही काँग्रेस र कोही समाजवादीतिर प्रवेस गरिएका छन । एमालेले कञ्चनपुर, झापा सहित देशका विभिन्न स्थानमा राप्रपासंग गठबन्धन र कतै राप्रपाको चुनाव चिन्हबाट राजावादी लिगेशीका नेतालाई टिकट दिएपछि ब्यापक भाँडभैलो मच्चिाएको एमाले पार्टीका नेता कार्यकर्ता पाटी परित्याग गर्नेक्रम बढिरहेको छ । पछिल्ला दिनमा एमालेबाट कञ्चनपुरमा समेत अन्य पाटी प्रवेस गरिरहेका छन ।

नेकपा एकीकृत समाजवादी कञ्चनपुरका नेता प्रज्वल कुँवरले क्षेत्र २ र ३मा दर्जनौँ एमाले नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेको बताए । नेकपा माओवादी केन्द्र प्रदेश सदस्य रामदत्त भट्टले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रबाट सयौँ एमाले नेता कार्यकर्ता माओवादी प्रवेस गरेको बताए ।

‘हाम्रो पाटीमा आएका एमाले नेता कार्यकर्ताको गुनासो यस्तो छ, ‘उनले भने, ‘एमाले अब कम्युनिष्ट नै रहेन, राजतन्त्र ल्याउने संघीयता खारेजीको एजेण्डा बोेकेको पाटी राप्रपासंग मिल्यो ।’ एमाले अब कम्युनिष्ट भन्दा पनि राप्रपा हुँदै राजावादी लिगेशी बोकेर राजतन्त्र फर्काउने अभियानमा लाग्दा सच्चा एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेस गरेको उनले बताए ।

काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिहले एमालेमा लागेका नेता कार्यकर्ता आफ्नै पाटीभित्र तानाशाही प्रवृति, ओली प्रवृति र राजावादी रुझान देखेर काँग्रेसमा आईरहेको बताए । ‘दैनिक आउनेक्रम जारी छ, ‘उनले भने, ‘गठबन्धनतिर जनलहर नै बढिरहेका बेला एमाले नेता कार्यकर्ता गठबन्धनदलतिर आईरहेका छन ।’

प्रतिक्रिया दिनुस