कञ्चनपुर । नेकपा क्रान्तिकारी माओवादीले चुनाव बहिस्कार अभियान अन्र्तरगत बझाङ्गमा नेता सौरभ सहितका नेता कार्यकर्तामाथि भएको दुव्र्यवहारको भत्सर्ना जाहेर गरेको छ । नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै बझाको केदारस्यु गाँउपाििलकामा बहिस्कार अभियानमा संसदवादी दल समुहका नेता कार्यकर्ताहरुले दुव्र्यवहार गरेको भन्दै भत्सर्ना गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेशका सेक्रेटरी चिन्तकले हस्ताक्षर गरेको विज्ञप्तीमा बझाङ्गमा अभियान टोलीमाथि भएको दुव्र्यवहार र कञ्चनपुर जिल्लामा शान्तिपूर्ण रुपमा भइरहेको बहिष्कार अभियानलाई अवरोध गर्ने पर्चा पम्पलेट खोस्ने दुस्प्रयास गर्ने कार्य तत्काल बन्द गरि अभिव्यक्ति स्वतन्त्रता ,राजनीतिक पार्टीको आन्दोलन बिचार सम्प्रेषण गर्ने कार्यमा अबरोध नगर्न सचेत गराईएको छ ।